• होमपेज
  • समाज
  • बाजुराको बुढिगंगाकि शंकास्पद दुबै जना महिलामा कोरोना नेगेटिभ

बाजुराको बुढिगंगाकि शंकास्पद दुबै जना महिलामा कोरोना नेगेटिभ

  • बिहिबार, बैशाख ११, २०७७
बाजुराको बुढिगंगाकि शंकास्पद दुबै जना महिलामा कोरोना नेगेटिभ

बाजुराको बुढिगंगा नगरपालिकाकि दुबै जना महिलामा कोराना नेगेटिभ देखा परेको छ । दुइ जनामा र्‍यापिड (आरडीटी) टेष्टमा पोजेटीभ देखिएपछि उनको स्वाव संकलन गरेर धनगढि पठाईएको थियो । धनगढि बाट पिसिआर रिपोटमा  दुबै जनामा कोरोना नेगेटिभ देखा परेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।

१८ बर्षिय महिलालाइ भने र्‍यापिड टेष्ट गर्ने क्रममा तिन पटक चेक गर्दा पोजेटिभ देखिएपछि उक्त महिलालाई कोरोनाको आशंका भन्दै जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्षमा राखिएको थियो । अर्कि ३० बर्षकि महिलालाइ पहिलाे यापिड (आरडीटी) टेष्टमा पाेजेटिभ र दाेस्राे र तेस्राेमा नेगेटिभ देखापरेपछि क्वारेनटाइनमा राखिएकाे थियाे । मार्तडिमा ल्याइएकि महिलामा नेगेटिभ रिपाेट आएपछि उक्त महिलालाई सामान्य चेकजाँच गरेर अब डिस्चार्ज गर्ने के गर्ने भन्ने बारे तयारी भइरहेको छ, स्वास्थ्यकर्मीले वताएका छन् । केही दिन पहिला त्रिबेणी नगरपालिका दुईजनाको कोरोनाको आशंकामा पिसिआर गरिएको थियो । दुबै जनाको रिपोट नेगेटिभ आएको थियो ।

चर्चामा

सम्बन्धित समाचार