धर्तीमा कदम टेकायौ आमा जन्मायौ,बाटो देखायौ आमा
घुक्क घुक्क म रुदाँ खेरी काखैमा राखी फकायौ आमा
पिडा र मर्म सहेर आफैले आंधी र हुरी छेकायौ आमा
ठुलो मान्छे बनाउन मलाई पढायौ अनि लेखायौ आमा! प्रकाश थापा बाजुरा हाल काठमाण्डौं