• होमपेज
  • बडिमालिका बिशेष
  • बडिमालिका नगरपालिकाद्धारा पत्रकारलाई सुरक्षा सामाग्री सहयाेग

बडिमालिका नगरपालिकाद्धारा पत्रकारलाई सुरक्षा सामाग्री सहयाेग

  • बुधबार, बैशाख १०, २०७७
बडिमालिका नगरपालिकाद्धारा पत्रकारलाई सुरक्षा सामाग्री सहयाेग

बाजुरा १० बैशाख–  बडिमालिका नगरपालिकाले फिल्ड स्तरमा खटिरहेका क्रियाशिल पत्रकारका लागि सुरक्षा सामाग्री सहयाेग गरेकाे छ । समाचार संकलनमा जाने पत्रकारहरूका लागि आवश्यक सेनिटाईजर, मास्क र साबुन लगायतका सुरक्षा सामाग्री उपलब्ध गराएको हो ।

 पत्रकारलाई कार्यालय मै बोलाएर संस्थागत रुपमा ३१ जनाका लागि पत्रकार महासंघलाई हस्तान्त्रण गरिएको महासंघका सचिव प्रेम विकले बताएका छन् । प्रति व्यक्ति ५ वटा मास्क, १ वटा सेनिटाइजर र २ वटा साबुन उपलब्ध गराईएको छ ।

नगरपालिकाले जिल्लाको बडिमालिका नगरपालिका क्षेत्रलाई कर्मथलो बनाएर कार्यरत ३१ जना पत्रकारलाई सेनिटाईजर, मास्क र साबुन लगायतका सुरक्षा सामाग्री सहयोग गरेको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

स्वास्थ्य कर्मी, सुरक्षा कर्मी जस्तै संवेदनशिल भूमिकामा सक्रिय सञ्चार कर्मीलाई पनि सुरक्षा सावधानी आवश्यक हुने हुँदा नगरपालिकाको जिम्मेवारी ठानेर उपलब्ध गराएको नगर प्रमुख बडुवालले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार