• होमपेज
  • देश
  • बाजुरामा कोरोना परिक्षणका लागि र्‍यापिड डायनोष्टि टेष्ट किट अभाब

बाजुरामा कोरोना परिक्षणका लागि र्‍यापिड डायनोष्टि टेष्ट किट अभाब

किट अभाबमा चेकजाँच राेकियाे

  • बुधबार, बैशाख १०, २०७७
बाजुरामा कोरोना परिक्षणका लागि  र्‍यापिड डायनोष्टि टेष्ट किट अभाब

बाजुरा जिल्लामा कोरोना परिक्षणका लागि र्‍यापिड  डायनोष्टि टेष्ट किट अभाब भएको छ । सरकारले पछिल्लो सयमा भारत लगायत बिदेश बाट आएका र आशंका लागेकालाई चेक गर्न भनेर र्‍यापिड डायनोष्टि टेष्ट शुरु गरेको छ ।
बाजुरा जिल्लामा र्‍यापिड  डायनोष्टि टेष्ट शुरु भएसँगै किट अभाब भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । बाजुरामा ११ सय र्‍यापिड डायनोष्टि टेष्ट सरकारले पठाएको थियो, त्यो सबै सकिएकोले अहिले बाजुरामा अभाब भएको पन्तले वताए । बाजुरा जिल्लामा र्‍यापिड  डायनोष्टि टेष्ट शुरु भएपछि दुई जना टेष्टमा पोजेटिभ देखाएको छ, पिसिआर रिपोट भने आउन बाकि रहेको छ ।
सम्भाबति क्षेत्रमा र्‍यापिड डायनोष्टि टेष्ट गर्नुपर्ने भएकाले अहिले किटनै अभाब भएकाले चेकजाँच रोकिएको स्वास्थ्यकर्मीले वताएका छन् । गाँउपालिकाले माग गरिरहेका छन्, यता नभएर समस्या भएको पन्तले वताए । शुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अबस्थिले भने देशमै अभाब भएको वताएका छन् । चिन बाट आउने बितिकै जिल्ला जिल्लामा पठाउने वताएका छन् ।
बाजुरामा स्वास्थ्यकर्मी बिदेश बाट आएका र अन्य संकास्मतलाई खोजेर घरमै गएर र्‍यापिड  डायनोष्टि टेष्ट जाँच शुरु गरेका छन् । अहिले अभाब भएर सबैलाई जेकजाँच गर्न समस्या भएको बाह्रबिस स्वास्थ्य चौकीमा कार्यरत अहेब कुबेर सिंहले वताएका छन् । र्‍यापिड  डायनोष्टि टेष्ट गर्दा एकजनालाई पोजेटिभ देखिएपछि उसका परिवार र आफन्तलाई चेक गर्नुपर्ने हो किट अभाब भएपछि चेक गर्न रोकिएको वताएका छन् । र्‍यापिड डायनोष्टि टेष्टमा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल बाजुरामा आइसोलेसन कक्षमा ल्याएर पिसिआर जाँचका लागि स्वाव संकलन गरेर धनगढी पठाउने गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार