शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • बाजुरामा थप १ जनामा र्‍यापिड टेस्टमा पोजेटिभ, जिल्ला अस्पताल बाजुरा ल्याइदै

बाजुरामा थप १ जनामा र्‍यापिड टेस्टमा पोजेटिभ, जिल्ला अस्पताल बाजुरा ल्याइदै

स्वाव सकलन गरेर पिसिआरका लागि धनगढि पठाइने

  • मङ्लबार, बैशाख ९, २०७७
बाजुरामा थप १ जनामा र्‍यापिड टेस्टमा पोजेटिभ, जिल्ला अस्पताल बाजुरा ल्याइदै

बाजुराको बुढिग‌गा नगरपालिकामा १ जनामा र्‍यापिड (आरडीटी) टेष्टमा पोजेटीभ देखिएको छ । र्‍यापिड टेष्ट गर्ने क्रममा  तिन पटक चेक गर्दा पाेजेटिभ देखिएपछि आइसाेलेसन कक्ष राख्नका लागि जिल्ला अस्पताल बाजुरा ल्याइदै गरेकाे बडिमालिका खबरलाइ एक बिशेष स्राेतले वताएकाे छ । पाेजेटिभ देखीएकि १८ बर्षिय वालिका चैत १५ गते मावलि घर अछाम बाट  आएकाे बुझिएकाे छ ।

जिल्ला अस्पताल बाजुरामा आइसाेलेसनमा राखेर स्वाव सकलन गरेर पिसिआरका लागि धनगढि पठाइने बुझिएकाे छ । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने याे बारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । पिसिआरकाे रिपाेट नआउदा सम्म बाेल्न नहुने बताएका छन् । एक सुरक्षा अधिकारीका अनुसार पाेजेटिभ देखीएकाे गाँउलाइ लक गर्ने तयारी रहेकाे बताएका छन् । यताउता आवतजावत बन्द गर्न लागेकाे वताएका छन् ।

केहि दिन पहिला मात्र भारतबाट आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएको थियाे । उनिहरु दुबैजनाकाे स्वाब सकलन गरेर पिसिआरका लागि धनगढि पठाइसकेकाे छन् । एकजनालाइ अस्पताल बाजुरामा आइसाेलेसनमा राखिएकाे छ भने एकजना ताेलि क्वारेनटाइनमा राखिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार