बाजुरा ९ बैशाख — बडिमालिका नगरपालिका सबै वडाले प्रति वडाबाट नगरपालिकाकाे राहत काेषमा २/२ लाख जम्मा गर्ने निर्णय गरेका छन् । हिजाे बसेकाे नगरपालिकाे बैठकले राहत वितरणकाे समिक्षा गर्नुका साथै प्रत्यक वडाबाट नगरपालिकाकाे राहत काेषमा २/२ लाख जम्मा गर्ने निर्णय गरेकाे बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन् । राहतका लागि सबै वडाले दुई – दुई लाख वडामा विनियाेजित वजेटबाट नगरपालिकाकाे राहत काेषमा रकामान्तर गर्ने भएका छन सबै वडाकाे १८ लाख नगरकाे काेषमा जाने भएकाे छ भने हाल सम्म वडामा १ लाख देखि ३ लाख ५० हजार सम्म राहतमा खर्च भएको अनुमान गरिएको छ । प्रदेश, संघ र नगरपालिका बाट राहतका लागि भएको खर्च पछि समिक्षा हुने नगरपालिकाले जनाएको छ ।