• होमपेज
  • देश
  • बाजुरामा र्‍यापिड टेष्टमाथि प्रश्न ? तेस्रो पटक र्‍यापिड टेष्ट चेक गर्दा ६० बर्षिय बृद्धामा नेगेटिभ

बाजुरामा र्‍यापिड टेष्टमाथि प्रश्न ? तेस्रो पटक र्‍यापिड टेष्ट चेक गर्दा ६० बर्षिय बृद्धामा नेगेटिभ

पिसिआर परिक्षणको रिपोट आउन बाकि

  • सोमवार, बैशाख ८, २०७७
बाजुरामा र्‍यापिड  टेष्टमाथि प्रश्न ? तेस्रो पटक र्‍यापिड टेष्ट चेक गर्दा ६० बर्षिय बृद्धामा नेगेटिभ

बाजुराको त्रिवेणी नगरपालिकामा १ जनामा र्‍यापिड (आरडीटी) मा पोजेटीभ देखिएको ब्यक्ति तेस्रो पटक र्‍यापिड टेष्ट गर्दा भने नेगेटिभ रिपोट आएको बुझिएको छ । बिशेष स्रोतले बडिमालिका खबरलाइ बताए अनुसार सदरमुकाम मार्तडीमा चेक गर्दा नेगेटिभ रिपोट आएको वताएका छन् ।
दुई जनामा बाजुरामा र्‍यापिड टेष्टमा पोजेटिभ भएको जानकारी आएपछि बाजुराबासी त्रसित बनेका थिए । पिसिआरको रिपोटका लागि स्वाव संकलन गरेर धनगढी पठाएको छ, मंगलवार साझ सम्म त्यसको रिपोट आएमा जानकारी हुने भएपनि तर ६० बर्षिय बृद्धामा तेस्रो पटक र्‍यापिड टेष्ट बाट रिपोट नेगेटिभ आएपछि चेकजाँच माथि प्रश्न उठेको छ । यसले र्‍यापिड टेष्ट वा स्वास्थ्यकर्मी माथि गम्भिर प्रश्न खडा उत्पन्न गराएको छ ।
स्वाव संकलन गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमवार आफुहरुलाइ अलगै बस्ने ब्यबस्थापन नभएका भन्दै सोमवार दिउसो सम्म स्वाव संकलन गरेका थिएन्न्। जिल्लामा सर्वदलिय बैठेक बाट आईसोलेनमा खटिएका चिकित्सक तथा स्वाथ्यकर्मीलाइ जिल्ला समन्वय समितिको कार्यलयमा बस्ने ब्यबस्थापन गर्ने भएपछि स्वाव संकलनमा तयार भएका थिए । स्वाव संकलन सँगै र्‍यापिड टेष्ट पुन चेक गर्दा नेगेटिभ देखिएपछि स्वास्थ्यकर्मी जिल्ला समन्वय समितिको कार्यलयमा ब्यबस्थापन गरेको ठाँउमा नबसेर आफ्नै कोठा फिर्ता भएका थिए । यसले पनि रिपोट नेगेटिभ आएको बुझ्न सकिन्छ । नाम नभन्ने एक स्वास्थ्यकर्मीले भने रिपोट नेगेटिभ देखिएको त्यहाँ नबसेर आफ्नो कोठामा आएको बताए ।
जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्मा र स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले पिसिआर रिपोट नआउदा सम्म बोल्न नमिल्ने वताएका छन् । दुबै जनाको स्वाव संकलन गरेर धनगढी पठाइने छ, मंगलवार रिपोट आएपछि मात्र थाहा हुने उनिहरुले वताएका छन् । र्‍यापिड टेष्ट बाट आएकाे रिपोट बारेमा बोल्न नमिल्ने वताएका छन् । आइतवार त्रिवेणी नगरपालिकामा चेक गर्दा पहिला दुइ जनामा पोजेटिभ देखिएको थियो । पुन चेक गर्दा २२ बर्षका युवामा नेगेटिभ देखिएको थियो, भने अर्को बृद्धमा भने पोजेटिभ देखा परेको थियो । पोजेटिभ देखिएका ६० बर्षका बृद्धलाइ जिल्ला अस्पताल बाजुरामा आइतवार राति ल्याएर आइसोलेनमा राखिएको छ । २२ बर्षका युवालाइ पनि आइतवार राति नै त्रिबेणी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य सयोजक शाहले वताएका छन् । पोजेटिभ देखिका भारतको करौलवाग बाट चैत २ गते नेपाल आएको बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार