• होमपेज
  • समाज
  • काेराेना राेग महामारी हाे,भाेककाे माहामारी न सम्झीयाैँ

काेराेना राेग महामारी हाे,भाेककाे माहामारी न सम्झीयाैँ

  • सोमवार, बैशाख ८, २०७७
काेराेना राेग महामारी हाे,भाेककाे माहामारी न सम्झीयाैँ

काेराेना राेग, काे महामारी हाे यसलाई भाेककाे माहामारी न सम्झाै राहातमा प्रतिस्पर्धा न गराै जनप्रतिनिधि ज्यु सर्तकता अपनाउ छाक टार्न भात नै चाहिदैन काेदाे मकै र सिस्नु खाएर बाच्न सकिन्छ॥ विश्व ब्यापि रुपमा फैलीरहेकाे काेराेना भाईरस काेभिट 19 ले अहिले विश्व त्रसित बनाएको छ , विश्वभरि याे दुखकाे घडिमा बचाै, बचाउ र स्वस्थ रहाै जस्ता जनचेतना फैलाउनु स्वभाविक हाे सबैले अा अाफ्नाे भुमिका निर्वाह गर्नु छ विश्वका धेरै मुलुकहरुमा हजारौंले ज्यान गुमाई सकेका छन् पछिल्लाे समयमा पनि यसकाे नराम्रो प्रभाब नेपालमा पनि देखियकाे छ, सतर्कता अपनाउनु पर्ने अबस्था अाएकाे छ विकसित देश हरुले पनि नागरिक लाई मर्न र सक्रमण बाट बचाउन सकिराखेकाे अबस्था छैन यस्ताे अबस्थामा नेपाली हरुले लगडाउनकाे पालना गर्नु र सरसफाइ मा ध्यान दिनु अाबश्यक छ ।

तर तेस्ताे नभएर हाम्राे जनप्रतिनिधिहरु कतिपयले राेगकाे महामारी न अाएर भाेगकाे माहामारी अाएकाे महसुस गरेका छन , यस्ताे अबस्था मा भाेकले मरीदैन चामलकाे भात नै खायर पालीनु पर्ने अाबस्यक देखिदैन बाडिकाे सिस्नाे साग काेदाे मकै खाएर पनि छाक टार्न सकिन्छ भ्रष्टाचार गरेर अाफ्नाे फाईदाकाे लागि घरमै बसेरका नागरिक लाई काेदाे सिस्नु खाएर बसेकाे नागरिक लाई खाद्यान्न सहयाेग गर्याै भनेर अाफ्नाे भ्रष्टाचारकाे हिसाब मिलाउन न खाेज्नु, एकले अाज बाड्याे अर्काे भाेली, एउटाले बाेरा चामल वितरण गर्याे अर्काे लिटर तेल याे दुख काे बेला याे स्वभाविक हैन ,बरु पि पि ई सेट गुणस्तरीय सेनिटाईजर जस्ता स्वास्थ्य सामग्री वितरण गर्नुहाेस काम गरिरहेका कामदार लाई स्वास्थ्य सन्चार प्रसासन जस्ता निकायलाई जाे दिनरात खटिरहेका छन् काेराेनाकाे लागि दुरि कायम गराै भिडभाड न गराै सरसफाईमा ध्यान दिउ एकलै हिड्नु हाेस घरमा याे सन्देश फैलाउनु हाेस अात्मबल बढाई दिनु हाेस , पल्लाे घरकाे ले दस केजि चामल पायाे मैले चार केजी यस्ताे मावल न बनाउनु याे दुखकाे घडिमा हामिले नै सर्तकता अपनाउन सकेनौं भने त भाेली हामिलाई पनि अप्ठ्यारो अबस्था अाउने छ राहतकाे नाममा जन्तालाइ खुसि बनाउन खाेजेर भ्रष्टाचार गर्न खाेज्नु याे राम्राे पक्ष हैन ,हामी पहाडि जिल्लाकाे लागि लाग्छ तेति गाराे छैन हाम्रै स्थानीय निकायमा पाईने साग सिस्नु मकै काेदाे खाउ सुरक्षित रहेर बसाै सरसाईमा ध्यान दिउ राेगले सानाे ठुलाे धनी गरिब भन्दैन ,अमेरिका अष्ट्रेलिया चिन जस्ता विकसित देशहरूमा हजाराै धनी ब्यक्तिले ज्यान गुमाई रहेका छन तिनिहरुले पैसा र खाना न पाएर ज्यान गुमायका हैनन ,याे बेला सामुहिक साथ सहयाेग काे अपेक्षा न गराै अाफ्नाे ब्यक्तिगत सरसफाइमा ध्यान दिउ , घर मै बसाै भिडभाडमा न जाउ लगडाउनकाे पालना गराै हामी बाचे हाम्राे समुदाय बाचे खाने बस्ने र रमाउने दिन फेरि पनि अाउन्छन याे दुखकाे बेला विश्व भरि फैलीयकाे महामारी बाट पहिले बचाै अाफ्नाे लागि अाफै साेचाै ॥ विश्व भरीनै याे महामारी बाट हामी लाई सरसफाई रहन बाहेक अरु कुनै अाैषधि र स्राेत साधन छैन । अन्तमा यसलाइ भाेककाे भन्दा नि राेगकाे महामारी भनेर सम्झीने गराै घरमै बसाै, लकडाउनकाे पालना गराै ।

चर्चामा

सम्बन्धित समाचार