• होमपेज
  • कला /साहित्य
  • कोविड छेहत्तरले सबै कम्पनिमै ताला लाग्यो

कोविड छेहत्तरले सबै कम्पनिमै ताला लाग्यो

  • आइतवार, बैशाख ७, २०७७
सेयर गर्नुहोस् :
कोविड छेहत्तरले सबै कम्पनिमै ताला लाग्यो

साम्राज्यावाद को हतियार केहि काम आएन,
उसको डालर हिराका हार केहि काम आएन।

कोविड छेहत्तरले सबै कम्पनिमै ताला लाग्यो,
त्यो अर्बौँ खर्बौ का ब्यापार केहि काम आएन।

एम सिसि को निहुँमा संसार सिद्धाउँन खोज्ने,
धन हुँदा लासै लाशको घार केहि काम आएन।

यस्ता बम बारुध बनाउँने ले औषधि बनाएनर,
हाल मानिश मार्दा लगातार केहि काम आएन।

मज्दुर सँग ता हिँजो धनिको कहर आज भोक,
साम्राज्यावाद हुँदा नाङ्गेझार केहि काम आएन।

दिन पछि दिन कोराना माहामारी फैलिँदै जाँदा,
खौफले छ जनता हाहा कार केहि काम आएन।

बन्द गर ए मान्छेहरु अरुलाई ठग्ने योजना लाई,
हेर त तिम्रो खर्बौको कारोबार केहि काम आएन।
सुरेशकुमार पान्डे।१९-४-२०२०,

चर्चामा

सम्बन्धित समाचार