• होमपेज
  • बुढीगंगा
  • नेकपा बुढिगंगाले भन्यो मेयरसँग आएका सबै जना क्वारेन्टाइन राखिनु पर्छ

नेकपा बुढिगंगाले भन्यो मेयरसँग आएका सबै जना क्वारेन्टाइन राखिनु पर्छ

यस अघी ३ अाेटा एम्वुलेन्स पनी बिबादमा

  • आइतवार, बैशाख ७, २०७७
नेकपा बुढिगंगाले भन्यो मेयरसँग आएका सबै जना क्वारेन्टाइन राखिनु पर्छ

बाजुरा ७ बैसाख– नेपाल कमन्यिुष्ट पार्टी बुढिगंगा नगर कमिटिले बुढिगंगा नगरपालिकाका मेयर लगायत गाडीमा आएका सबै जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने बताएको छ । हिजो राती मात्र बुढिगंगा नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृत लगायत ७ जना काठमाण्डौबाट आएकोले सबै जनालाई क्वारेन्टाइनमा राख्न अपिल गरेको छ ।
कोभिड (१९ को महामारीको संक्रमण फैलनबाट जोगाउन सरकारले लकडाउन घोषणाको तयारी गरिसकेपछि प्रमूख प्रमूख प्रशासकीय अधिकृत लिन र काठमाडौ बसेका बुढिगंगा नगरपालिकाका मेयरसाव हिजो राती प्रमूख प्रशासकीय अधिकृत सहित ७ जना बोकेर बाजुरा फर्किनु भएको छ । उहालाई बुनपाको क्वारेन्टाइनमा स्वागत गर्न चाहान्छौ । नेकपा बुढिगंगाको फेशबुक संजालमार्फत बिज्ञप्तीमा उल्लेख गरिएको छ । मेयरको गाडी इकडी प्रहरीले रोक्दा एक घण्टा पछि प्रमूख जिल्ला अधिकारीको निर्देशनमा विना चेकजाच छोडिएको अाराेप  नेकपा बुढिगंगा नगरकमिटीका अध्यक्ष नरेन्द्र थापाले बताए । मेयर लगायत नगरपालिकाको गाडीमा आएका ७ जनालाई निम्न कारणले २१ दिनको क्वारेन्टाइनमा आम नागरिक सरह बस्नुपर्ने नगर कमिटि अध्यक्ष थापाको भनाइ रहेको छ ।
धनगढी र अन्य स्थानबाट बाटोमा मान्छे हालेर भमरा छेडाल, रिवाज शाह, रामबहादुर कार्की, पार्वती विष्ट) ल्याएकाले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिर्कतलाई समेत २१ दिन सर्बसाधारणलाई जस्तै क्वारेन्टाइनमा राख्नु पर्ने बताएको छ ।
नगर प्रमुख र प्रमुख प्रसासकिय अधिकृत लगायत काठमाण्डौ धनगडी बाट आएका सबैलाई क्वारेन्टाइनमा राखि जोखिम न्यूनिकरण गर्नुहुन सम्बन्धित निकायलाई अनुरोध गर्न चाहान्छौ बिज्ञप्तीमा उल्लेख गरेको छ ।


यता जिल्ला प्रशासन कार्यालय भने यता बाट जादा ४ ड्राइभर लगायत ४ जनाको पास दिएको र आउदा प्रमुख प्रशासकिय अधिकृत, नगर प्रमुख र ड्राइभर गरी तिन जनाको पास दिएको जनाएको छ । जाने बेला जिल्ला अदालतको चिठी अनुसार अदालतका कर्मचारी लोक बहादुर रावल लगायत ४ जना र आउदा बुढिगंगा नगरपालिका मेयर प्रमुख प्रसासकिय अधिकृत र एक जना ड्राइभर गरी तिन जनालाई मात्र पास दिएको जिल्ला प्रसासासन कार्यालय बाजुराले जनाएको छ । याे समाचार तयार पारून्जेल के भएकाे हाे भनेर नगरप्रमुखलाइ साेध्न खाेज्दा नगरप्रमुखलाइ भने फाेन सम्पर्क हुन सकेन ।
बाजुरा जिल्लामा सरकारी गाडी र एम्बुलेन्स दिन प्रतिदिन बिबादमा पर्दै गएका छन् । करिव २ हप्ता पहिले सोही नगरपालिकाको एम्बुलेन्स समेत बिबादमा तानिएको थियो । भने केही दिन अगाडी स्वामिकार्तिक खापर गाउँपालिकाको एम्वुलेन्स र बडिमालिका नगरपालिकाको एम्बुलेन्सले पनी बिरामी नभएका अन्य मान्छेलाई ल्याएको भन्दै एम्बुलेन्समा सवार सबै जनालाई क्वारेन्टाइनमा राखेको छ । पटक पटक सरकारी सवारी बिबादले जिल्लामा गर्दा यतिबेला बुढिगंगा नगरापालिकाको गाडीमा सवार मेयर पनी बिबादमा मुछिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार