सुन्दर समाजमा लक्ष्मी हुनुभएको मेरो आमा,हेर्दा सोच्दा कस्तो भाग्यमानी तर कता कता मनभित्र लुकेको उत्तर नपाउने मुटु बल्झाउने । बिडम्बना सायद यो बिडम्बनाको उत्तर मेरो समाजलाई अनि भोगाइको पिडा मेरो आमालाई राम्रो सङ था हुनुपर्छ ।नत मैले खोजदा भेटए नत सोद्दा पाय सोद्नुत कति सोद्छु मेरी आमलाइ उहाँ कहिले भन्नुहुन्न किनकि उहाँलाई सबै कुरा वा सबै प्रस्नको जबाफ था भयर होला! कसैलाई पनि नभन्ने ? धेरै पढ्नु भको छ भने पनि सुनेकी थिए स्कुल त थिएन रे! सायद अनुभव हुन सक्छ।
कति कति न ज्ञान साचेर राख्नुभको । न समाजमा भन्नू हुन्छ न घरमा न मलाई । किन जान्ने भयर यतिको अनुभव लिनु परेको, हुन त भन्नू भने पनि न समाजले बुझ्छ न मान्छेले थाहा पाउछन् । न भुझ्छन न न कसै सङ मिल्छ अनुभव न हो !के को ज्ञान मान्छे अनुसार फरक फरक, न त कुनै प्रमाण नत कुनै शास्त्रमा उल्लेख, कति बस्नेहोलान मेरि आमा यतिका बिडम्बनाको ज्ञान अनुभव लगेर हुनत अरु त को नै हुन र, आफ्नैमन मुटुको मान्छे,सुख दुखको सहयात्री लाई त भन्नु हुन्न रे मेरो बुवालाइ। कति शक्तिशाली,कति सहनसिल,कति ज्ञानि, कति सभ्य,दुख पिडाको अनि कुरिती,कुसंस्कार,भयानक, शक्तिशाली बिडम्बनाको रासलाइ सजिलै पचाउने सुन्दर सभ्य समाजको सहनशिल मिलनसार सदस्य मेरि आमा सोचदा सोच्दै रुन्छु, अरुलाइ सुनाइदिम,भन्दिम जस्तो।
तर मेरि सहनसिल आमालाइ किन लाग्दैन होला? कति लाचाहारी, कसरी सक्छन् होला सहन यतिका पिडा, पेटमा आफू जस्तै सहनशिल मान्छे बोक्नुको पिडा मज्जाले सहने बानी ,कहिले घाँस दाउरा अनि कहिले यति ठूलो परिवारलाइ खान देखी बस्ने कूरामा सघाउन । कति जान्ने भयकी यति धेरै दुख पिडा हुदा हुदै पनि म सक्दैन भन्नुको सट्टा अझै गाइ बस्तुलाइ खाना बस्न देखी लिएर गौत गोबर ब्याबस्थापन गर्न ।
चराहरुले चिरबिर गर्न नपाउदै घरको काम सकेर मेलापात भिड पाखा बाट थकित हुँदा, भोकको कारन सबै शरीरका अङ्ग लल्याङलुल्लुङ हुँदा पनि सबैलाई खुवाएर आफू पिछडि खाने सायद तेइ भयर होला घरमा लक्ष्मिको रुप भन्ने। किन लक्ष्मि बन्नु परेको होला?दुख पिडा को रास सङै लत्पतेर सम्मुन्द्र बिनाको सुनामीसङ मिसियर,रुखबिनाको काडा सङ बिज्जियर, मान्छे बिनाको छाँया सङ तर्सियर, हिउँ बिनाको चिस्यान सङ कठोरियर, प्रकाश बिनाको अधेरीमा चम्म्कियर,गन्तव्य बिनाको यात्रामा दौडियर कुन्नि !
हुनत मेरो आमालाई समाजले सम्मान गर्छ ।सबै परिवारले माया गर्छ ।सायद तेइ सम्मान र मायाले होला सबै कूरा गरम गरम लाग्ने । जुन आफ्नो भन्दा पनि अरुको मर्यादा को लागि, अरुको जिबनको लागि नौ महिना गर्भवती भइ आफ्नो देह लाई टुनामुना गर्नु को पिडा ,महिना पिच्छे महिनाबरि हुनुको पिडा, अनि मैनावारि हुँदा सबै कुरामा लगायको रोकावट को मर्म कति सजिलै सहने बानि?
मन भक्कान्निछ,आफै माथी ज्वाला दन्किन्छ, आकशमा गर्जियको बादल सङ ठाेक्के झै लाग्छ अनि किन हो भन्ने कूराले आफै माथी आन्यायको शासन चल्छ।प्रकाश बिनाको उज्यालो खोज्ने, धुन बिनाको तालमा नाच्न लगाउने मेरो सभ्य समाजले कोरेका नियम को पालना गर्नु पर्छ भन्ने कूरा आमा ले मैले नसोद्दा पनि निर्धक्क का साथ बताउनु भयो। मैले मर्यादा का साथ पालाना गरे सबै कूरा ।
अरु त के कूरा एउटा प्राकृति सारिरिक,जैविक प्रक्रिया जुन रगतले मान्छे को रुप भय तेइ रगत बाट अछुत । आफै माथी अन्याय गरे, भित्रभित्रै जलायो ,मरेको सब बने , मेरो समाजको नियमलाई आफै माथी बजारे ,घर भित्र त के सयौं मिटर टाढा बसे । खाने कूराको ता कूरै छोडम जाबो आफै उम्रेको झाडपात नि छुयन सक्चिकै। सबै कूरा आमाले सिकाउनु भो मैले पनि नबिरायर सबै गर्दै गय
जब झस्किय, अत्तालिय जुन आमाको पिडा देखेर आगो जस्तै दनदनी बल्ने म तेइ पिडा को नाटकि पात्र म बन्न पुगे कुन ठाँउ खोजी न र , कस्लाइ सोदिनर।शात्रमा उल्लेख नभएको ज्ञान, समाजमा कोरियाका नियम बिहोसी बनाउने पिडा, म बजारिय । न मेरो समाजले बुज्छ न आमालाई सम्म्झाउन ।झन आफुलाइ त कसरी सक्छु र! तेसैले यो दुनियाँ बाट सदा को लागि जादै छु म जस्तै आमाको लागि सहज बनाययर, पिडा बाट उम्कियर आफै पिडा मा जिउनु सिकाइ तेसै पिडाले पिल्सिएको आमा( निर्मला राउत)