आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रदेश ४
  • बागलुङकी ६५ वर्षीया वृद्धा पनि कोरोनाभाइरस संक्रमण मुक्त

बागलुङकी ६५ वर्षीया वृद्धा पनि कोरोनाभाइरस संक्रमण मुक्त

कोरोना संक्रमित ६५ वर्षीया वृद्धा भन्छिन्, ‘मैले त रोगलाई जितेँ’

  • शनिबार, बैशाख ६, २०७७
बागलुङकी ६५ वर्षीया वृद्धा पनि कोरोनाभाइरस संक्रमण मुक्त

कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उपचार गराइरहेकी बागलुङकी ६५ वर्षीय वृद्धा कोरोनामुक्त भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए । अनुसार दुईवटै रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्जको तयारी गरिएको छ ।

यो पनि
कोरोना संक्रमित ६५ वर्षीया वृद्धा भन्छिन्, ‘मैले त रोगलाई जितेँ’ चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।

बागलुङकै अर्की कोरोना संक्रमित किशोरीको भने रिपोर्ट पोजेटिभ आएको छ । आजै टेकु अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया युवती पनि कोरोना मुक्त भएर घर फर्किएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार