शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको एम्बुलेन्सले पनि लकडाउनमा यात्रु बोक्दै

बडिमालिका नगरपालिकाको एम्बुलेन्सले पनि लकडाउनमा यात्रु बोक्दै

  • बिहिबार, बैशाख ४, २०७७
बडिमालिका नगरपालिकाको एम्बुलेन्सले पनि लकडाउनमा यात्रु बोक्दै
फाइल फाेटाे

बडिमालिका नगरपालिकाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै गरेको पाईएको छ । धनगढी बाट बाजुराका लागि आएको से १ झ २५९ नम्बरको एम्बुलेन्समा ४ जना यात्रु बोकेको अछामको चौखुट्टे प्रहरी चौकीका ईन्चार्ज असई मदन सिं धामिले वताएका छन् ।
धनगढी बाट आएको एम्बुलेन्समा २ जना हुम्लाको र २ जना बडिमालिका नगरपालिकाका यात्रु रहेको प्रहरीले जनाएको छ । बुधवार राति १० चौखुट्टमा एम्बुलेन्स पुगेको भएपनि बिहान मात्र छोडेको चौखुट्टे प्रहरीले बडिमालिका खबरलाई जनाएकाे छ। एम्बुलेन्समा बिरामी भने कोही नरहेको ४ जना यात्रु र एकजना चालक रहेको असई धामिले वताएका छन् । बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले भने यो बारेमा कुनै जानकारी नभएको तर धनगढी बाट एकना प्रहरी हल्वदारले २ जनालाइ एम्बुलेन्समा पठाएको सुनिन आएको वताएका छन् । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले त्यो बारे बुझिरहेको यात्रु बोकेको भए सरासर गलत भएको मुद्धा चलाउने वताएका छन् ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराई एम्बुलेन्स र एम्बुलेन्समा रहेका यात्रु बाजुरा प्रबेश गरिसकेको कानुन अनुसार अगाडी बढने वताएका छन् । बुधवार मात्र स्वामिकार्तिक गाँउपालिकाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै गरेको पाईएको थियो । नेपालगञ्ज बाट बाजुराका लागि आएको शुदुरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्समा ६ जना यात्रु ल्याएर बाजुरा आएको थियो ।
सरकारले आवतजावत नै बन्द गरिसकेको बेला यसरी एम्बुलेन्स यात्रु बोक्दा जिल्ला जोखिम रहेको कोरोनाको जोखिम हुन सक्ने स्वास्थ्य कार्यलय बाजुराका प्रमुख कार्यलय दयाकृष्ण पन्तले वताएका छन् । बाजुरामा पछिल्लो समयमा एम्बुलेन्समा खाद्यन्न बोक्ने गाडिमा लुकिछिपि जिल्ला बाहिर बाट बाजुरा आउने क्रम रोकिएको छैन् ।
केही दिन पहिला मात्र बाजुराको बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै गरेको पाईएको थियो । धनगढी बाट बाजुराका लागि आएको से १ च ५२४ नम्बरको एम्बुलेन्समा १० जना यात्रु बोकेको बाजुरा आएको थियो । बाजुरामा बाहिर जिल्ला बाट यात्रु आउन क्रम रोकिएको छैन्, यसरी आउदा जिल्ला जोखिममा बन्ने स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार