शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अल्छी भगाउने अभ्यासमा कलाकार

अल्छी भगाउने अभ्यासमा कलाकार

  • बुधबार, बैशाख ३, २०७७
अल्छी भगाउने अभ्यासमा कलाकार

सामान्य दिन हुन्थ्यो भने अभिनेत्री रेखा थापा १ वैशाखदेखि नयाँ फिल्मको सुटिङमा व्यस्त हुन्थिन् । फुर्सदको समयमा उनले ऐतिहासिक पुस्तकहरू पढ्दै र युट्युबबाट सुन्दै ज्ञानको दायरा अझ फराकिलो बनाइरहेकी छन् ।

अभिनेत्री करिश्मा मानन्धर बिहानै उठेर शारीरिक व्यायाम गर्छिन् । कहिले घरको सरसफाइ त कहिले पुराना र नयाँ फिल्म हेर्दै दिन कटाउँछिन् । कहिले मीठा परिकार बनाएर खाँदै परिवारसँग रमाउँछिन् ।

अभिनेता दिलीप रायमाझी पनि लकडाउनको समय घरमै बिताइरहेका छन् । ‘साथीभाइ या कसैलाई आवश्यक पर्दा सहयोग गर्ने सानो समूह बनाएका छौँ । कसैलाई आवश्यक पर्दा सहयोगमा जुटिहाल्छौँ,’ उनी भन्छन्, ‘फुर्सदमा पुस्तक पढ्ने र फिल्म हेर्ने गरिरहेको छु ।’ बिहानको समय व्यायाम र घरको कामलाई छुट्याएका छन् । दिउँसो पढ्दै या फिल्म हेर्दै बिताउँछन् । यतिवेला दिउँसो खाना खाएर ओछ्यानमा पल्टिने बानी लाग्यो भने अल्छी बनिने बताउँदै उनी त्यसो नगर्न अरूलाई सुझाउँछन् । ‘शारीरिक र मानसिक रूपमा आफूलाई फिट राख्ने अवसर हो यो,’ उनी भन्छन्, ‘खाली दिमाग सैतानको घरजस्तै हुन्छ । त्यसैले आफूलाई सक्दो व्यस्त राख्नुहोस् ।’

‘शारीरिक र मानसिक रूपमा आफूलाई फिट राख्ने अवसर हो यो,’ अभिनेता दिलीप रायमाझी भन्छन्, ‘खाली दिमाग सैतानको घरजस्तै हुन्छ । त्यसैले आफूलाई सक्दो व्यस्त राख्नुहोस् ।’

अभिनेत्री रेखा थापा पनि कोरोना भाइरसबाट बच्न सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छिन् । बिहान उठेर शारीरिक व्यायाम गर्नु त उनको दैनिकी नै हो । पहिले पनि बाहिर हिँडिरहने बानी नभएकाले दिन कटाउन गाह्रो नभएको उनको भनाइ छ । सामान्य दिन हुन्थ्यो त उनी १ वैशाखदेखि नयाँ फिल्मको सुटिङमा व्यस्त रहन्थिन् । कोरोना भाइरसका कारण व्यस्त दैनिकीबाट फुर्सद मिलेकाले उनले ऐतिहासिक पुस्तकहरू पढ्दै र युट्युबमा सुन्दै ज्ञानको दायरा अझ फराकिलो बनाउने अवसर पाएकी छिन् ।

अभिनेता कृष्ण मल्ल पनि सेल्फ क्वारेन्टाइनमै बसिरहेका छन् । पारिवारिक माहोलमा रमाउने उनी परिवारसँग क्यारेम बोर्ड, चेस र लुँडो खेल्दै समय काटिरहेका छन् । बेलाबखत टिभी र सामाजिक सञ्जालमा समाचार हेर्छन् । उनकी श्रीमती तथा अभिनेत्री शर्मिला मल्ल टिकटक बनाउन मन पराउँछिन् । उनले बनाउने टिकटकमा वेलावेलामा मल्ल पनि झुल्किन्छन् । उनीहरूले अहिले बेरोजगार बनेका चलचित्र प्राविधिकहरूलाई सहयोग गरिहेका छन् । आफ्नो टोलमा बस्ने मजदुरहरूलाई पनि खाद्यान्नलगायत सहयोग गर्ने गरेका छन् । नयाँ पत्रिकाबाट

चर्चामा

सम्बन्धित समाचार