शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुलाई भन्यो – ‘१० दिनभित्र सरकारी खाता अद्यावधिक गरेर हामीलाई खबर गर्नु’

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुलाई भन्यो – ‘१० दिनभित्र सरकारी खाता अद्यावधिक गरेर हामीलाई खबर गर्नु’

  • बुधबार, बैशाख ३, २०७७
राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुलाई भन्यो – ‘१० दिनभित्र सरकारी खाता अद्यावधिक गरेर हामीलाई खबर गर्नु’

काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले सबै सरकारी खाता अद्यावधिक गरेर आफुलाई जानकारी गराउन वाणिज्य बैङ्कलाई निर्देशन दिएको छ । संघीय सरकार, स्थानीय तह, प्रदेश सरकारका विभिन्न खाता अद्यावधिक गरी कार्यान्वयन नगरेको भन्दै १० दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको हो । महालेखा नियन्त्रकको कार्यालयले त्यस्ता खाता अद्यावधिक भए नभएको अनुगमन गर्न केन्द्रिय बैङ्कलाई पत्राचार गरेपछि राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुलाई निर्देशन दिएको हो ।

सरकारको सबै स्थानीय तहमा वाणिज्य बैङ्क पुर्याउने र सरकारको सञ्चिती खाता वाणिज्य बैङ्कहरुमा खोल्ने नीति लिएको थियो । प्रदेश अन्र्तगत प्रदेश सञ्चित कोष, प्रदेश खर्च तथा कोष खाता, आकस्मिक कोष खाता, विभाज्य कोष खाता, हिसाब मिलान खाता वाणिज्य बैङ्कहरुमा छन् ।

यस्तै स्थानीय तह अन्र्तगत स्थानीय तह राजस्व खाता, स्थानीय खर्च खाता, स्थानीय तह धरौटी खाता, स्थानीय तह कोष खाता, आकस्मिक खाता लगायत खाता वाणिज्य बैङ्कमा छन् ।राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार