बाजुरा २ बैसाख– बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ मा हिजो राती परेको असिना पानीले हिउँदे बाली जती सबै सखाप पारेको छ । हिजो राती परेको अशिना पानीले खेतमा लगाएको गहुँ, जौँँ, आलु लगायतका सबै बाली सखाप हुने गरी लिएको हो । हिजो राती लगातारको ४ देखी ५ घण्टासम्म परेको असिना पानीले बडिमालिका नगरपालिका वडा न ७ रजातोली ढम्कने भोटेवाडा दुदुली किलामस्टा खिरीडा जिल्ली सिराडी माउलेख लगायतका क्षेत्रमा पाक्न लागेको गहुँ, जौ फापर लगायतका अन्नबालीमा क्षति पुर्याएको बडिमालिका नगरपालिका वडा ७ का वडा सदस्य धनलाल पाध्यायले बताए
असिनापानीले पाक्न लागेको गहुँजौ र फापर लगायतका बालिहरुमा क्षेती पुगेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । असिनापानीले गहुँ बाली नष्ट पारेपछि किसानहरु चिन्तित भएका छन् वडा अध्यक्ष पाध्यायले बताए । मेहनतले लगाएको खेती भित्र्याउने बेलामा असिनापानीले नष्ट पारेपछि कृषकहरु मारमा परेका छन् ।