बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • कैलालीमा १७ बर्षकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ

कैलालीमा १७ बर्षकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ

  • मङ्लबार, बैशाख २, २०७७
कैलालीमा १७ बर्षकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ

धनगढी : कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक रुपमा जबरजस्तीकरणी गरेको आरोपमा चार युवक पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ को चनौरामा सोमबार दिउँसो आफन्तको घरबाट धनगढी फर्किने क्रममा किशोरीलाई जबरजस्तीकरणी गर्ने चार युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद,२० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको बताए।  पक्राउ परेका उनीहरु चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए।

प्रारम्भीक अनुसन्धानबाट किशोरीलाई धारिलो हतियार देखाएर सामूहिक रुपमा बाटो छेक्दै उनीसँगै रहेका अन्य तीनजनालाई कुटपिट गर्दै सडकबाट एक सय मिटर पर लगेर जबरजस्तीकरणी गरेको बुझिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट हसिया र मोटरसाईकल पनि बरामद गरिएको छ। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार