बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • कैलालीकी नयाँ संक्रमित महिलामा पनि कोरोना लक्षण देखिएन, प्रेसरको समस्या

कैलालीकी नयाँ संक्रमित महिलामा पनि कोरोना लक्षण देखिएन, प्रेसरको समस्या

  • मङ्लबार, बैशाख २, २०७७
कैलालीकी नयाँ संक्रमित महिलामा पनि कोरोना लक्षण देखिएन, प्रेसरको समस्या

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलामा पनि कुनैपनि लक्षणविना कोरोना भाइरस पोजेटिभ देखाएको छ। कोराना भाईरस (कोभिड १९) को संक्रमण देखिएकी ति महिलामा विना कुनै लक्षण कोरोना ’पोजेटिभ’ देखिएको हो। यसअघि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिलामा पनि लक्षण विना नै कोरोनाको संक्रमण देखाएको थियो।

कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन्। तर ६५ बर्षीय महिलामा विना कुनै लक्षण कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभागका प्रमुख डाक्टर जगदिश जोशीले बताए।

‘सेती प्रादेशिक अस्पतालमा उपचाररत अधिकासंमा कोरोनाको खासै लक्षण देखिएको छैन्। प्रेसरको भने समस्या देखिएको छ।’ उनले दिनेश खवरलाई भने। लक्षण विना पनि लम्की बहुुमखी क्याम्पसको क्वारेन्टाईनमा बसेकी उनको स्वाव संकलन गरिएको थियो। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार