शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा प्रशासकिय अधिकृतमा उपसचिब प्रेम काजी महर्जन आउदै

बुढिगंगा नगरपालिकामा प्रशासकिय अधिकृतमा उपसचिब प्रेम काजी महर्जन आउदै

  • आइतवार, चैत्र ३०, २०७६
बुढिगंगा नगरपालिकामा प्रशासकिय अधिकृतमा उपसचिब प्रेम काजी महर्जन आउदै

लामो समय देखी प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको बुढिगंगा नरपालिकामा उपसचिब प्रेम काजी महर्जन आउने भएका छन् । सचिब स्तरको निर्णय अनुसार प्रेम काजी महर्जनलाई सरुवा गरेपछि प्रमुख प्रशासकिय अधिकृतका रुपमा आउने भएका नगर प्रमुख दिपक बिक्रम शाहले बडिमालिका खबरलाई बताएका छन् ।
सामान्य प्रशासन मन्त्रालयले आईतवार सचिब स्तरको निर्णयले सर्लाहिको गोडैता नगरपालिका बाट उपसचिब प्रेम काजी महर्जनलाई बुढिगंगा नगरपालिकामा सरुवा गरेको थियो । सरुवा भएका प्रेम काजी महर्जन तिन चार दिनमै बाजुरा पुग्ने नगरप्रमुख शाहले वताएका छन् । उहाँलाई लिनका लागि बाजुरा बाट गाडि मगाइसकेको बताएका छन् । नगरप्रमुख शाह प्रमुख प्रशासकिय अधिकृत खोज्नका लागि १ महिना देखी काठमाडौमा मन्त्रालय धाइरहेका थिए ।
नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा चार महिना देखी सम्पुर्ण आर्थिक कारोवार बन्द भएको छ । पौषको पहिलो साता निमित्त प्रमुख प्रशासकिय अधिकृत सुनिल ठगुन्ना सरुवा भएपछि प्रशासकिय अधिकृत बिहिन बनेको छ । प्रशासकिय अधिकृत नयाँ नआउदा योजनाहरुको भुक्तानि हुन सकेका छैनन् । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता समेत बितरण हुन नसकेको नगरपालिका लेखापाल पुर्ण जैशीले वताएका छन् । एक महिना पहिला सामान्य प्रशासन मन्त्रालयले उपसचिब खेम प्रसाद चौधरी पठाएको थियो । उनको पनि अर्को ठाँउमा सरुवा भएको थियो । उनकाे सरुवा पछि चैत १० गते लेखा अधिकृतका नाममा अख्तियारी आएकाे थियाे भने चैत १९ गते प्रशासन अधिकृत नरेन्द्र नाथका नाममा आएकाे थियाे, त्यसपछि नगरपालिकामा विवाद आएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार