बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • टोल सरफाईमा सहयाेग गर्न नगर प्रमुख पदम बडुवाल पुगेपछि‍……..

टोल सरफाईमा सहयाेग गर्न नगर प्रमुख पदम बडुवाल पुगेपछि‍……..

  • आइतवार, चैत्र ३०, २०७६
टोल सरफाईमा सहयाेग गर्न नगर प्रमुख पदम बडुवाल पुगेपछि‍……..

सदरमुकाम मार्तडी बासिले आ आफ्नो टोलहरु साप्ताहिक रुपमा सरसफाई गर्ने गरेका छन् । स्थानियकै अगुवाइमा मार्तडी बजारका टोलहरु सरसफाइ हुने गरेका छन् । अहिले सरसफाईको कमि सँगै चेतनाका कारणले पनि कोरोना भाइरस फैलिरहेको परिबेशमा मार्तडी बासिले टोल सरसफाई तिब्र पारेका छन् ।


आईतवार मार्तडीको माथिल्लो बजारका टोल बासिले घर आगन सँगै सडक सरसफाई गरे । स्थानियले सरसफाई गरिरहेका बेला एकाएक बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल पनि सरसफाईमा सहभागि हुने पुगे । एकातिर बिश्वको कोरोनाको कहर छ, अर्कोतिर सरसफाइको कमीका कारणले बिभिन्न रोगहरुको संक्रमण फैलिने भएकाले बजारबासिले नियमित बजार सफाई गर्ने गरेको महिला अगुवा जाल्पा शाहिले वताएकि छन् । साप्ताहिक रुपमा बजार सरसफाई गर्ने गरेको शाहिले वताईन् । सरसफाई अभियानमा नगरप्रमुख आफै सहभागि भएपछि स्थानियलाई थप हौसला समेत बढेको छ ।


टोलबासिको सरसफाई मा नगरप्रमुख बडुवाल सहभागि मात्र नभई सरसफाईमा जुटेका हुन् । पछिल्लो समय सडक ब्यबस्थापनका कारणले सफा बन्दै गएको सदरमुकाम मार्तडीलाई अझै ब्यबस्थित र सुन्दर बनानउन तर्फ नगरपालिका लागेको नगरप्रमुख बडुवालले वताएका छन् । मार्तडी बाजुराको मुटु हो यहाँ सफा सुन्दर भए अरु ठाँउमा पनि यसको सिकाई हुने भएकाले पहिलो चरणमा मार्तडी केन्द्रित सरसफाई अभियान सञ्चालन भइरहेको नगरप्रमुखले वताएका छन् । बडिमालिका नगरपालिकाले सरसफाइ सँगै कोरोना भाइरस बाट बच्नका लागि गाँउगाँउमा सन्देश फैलाइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार