शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • गलत गर्ने कर्मचारीलाइ समाजले नै तिरस्कार गर्छ वडाअध्यक्ष : रावल ( भिडियो सहित )

गलत गर्ने कर्मचारीलाइ समाजले नै तिरस्कार गर्छ वडाअध्यक्ष : रावल ( भिडियो सहित )

  • आइतवार, चैत्र ३०, २०७६
गलत गर्ने कर्मचारीलाइ समाजले नै तिरस्कार गर्छ वडाअध्यक्ष : रावल ( भिडियो सहित )

बाजुरा ३० चैत्र– बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावलले जिल्लामा कुनै पनी कर्मचारीले गलत गरेमा समाजले नै तिरस्कार गर्ने वताएका छन् । साथै उनले त्यस्ता कर्मचारीलाइ हात खुट्टा भच्ने चेतावनी दिएका छन् । बडिमालिका खवरको नियमीत कार्यक्रम कोरोना कहर र समसामुहिक बहस कार्यक्रममा अध्यक्ष रावलले यस्तो बताएका हुन ।
केही दिन अघि कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल प्रकाश भट्टको कहानीलाइृ जोड्दै लेखापल भट्टले गलत गरेको भए पनी आफ्नै रोहबरमा नेपाली काग्रेसले बिज्ञप्ती निकालेको वडाअध्यक्ष रावलले बताए । तर पाटि भन्दा माथी गएर कुनै पनी कर्मचारीले यस्तो गर्न नमिल्ने वडाअध्यक्ष रावलले बताए । फरक प्रसंगमा नेताहरुको केही सामान्य गल्ती भए पनी कर्मचारीहरुको मनपरी र दादागिरीका कारण असहयोग हुदै आएकोले यस्ता कुरामा आफु कुनै पनी हालतमा कर्मचारीको रबैया चल्न नदिने वडाअध्यक्ष तथा नेपाली काग्रेस बाजुराका सदस्य प्रकाश रावलले बताएका छन् ।
कर्मचारी तन्त्रका कारण सरकार चलाउन समेत समस्या भएकोले जिल्लामा कुनै पनी कर्मचारीहरुले कर्मचारीको मुलभुत कुरामा अडिक रहन भनेका छन् । आफु भएको वडामा सबै भन्दा बढि सरकारी कार्यालय समेत रहेकोले कही कतै कर्मचारीबाट यस्ता घटना दोहोरीएको खण्डमा आफुले कुनै हालतमा नछोडने समेत अन्तबार्तामा भनेका छन् ।
हाल राहत बितरण कार्यक्रम पनी सुरु गरिसकेको वडाअध्यक्ष रावलले बताएका । केन्द्रीय सरकारले बनाएको कार्यबिधी अनुसार बडिमालिका नगरपालिकाले राहत प्याकेज लिएर आफु लगायत वडाअध्यक्षहरु समेत सबै खटिएका छन र सरकारको निती अनुसार राहत बितरण कार्य भइरहेको बताएका छन् अति बिपन्न र मजदुर र किसानहरुलाई राहत बितरण गरिसकेको वडाअध्यक्ष रावलले बताए ।

https://www.youtube.com/watch?v=2XpOmv4x0u8&t=15s

चर्चामा

सम्बन्धित समाचार