बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • विपन्न श्रमिक र व्यसाहारा परिवारको सारथी बनेर हिड्छु : वडाअध्यक्ष पाध्याय (भिडियाे सहित)

विपन्न श्रमिक र व्यसाहारा परिवारको सारथी बनेर हिड्छु : वडाअध्यक्ष पाध्याय (भिडियाे सहित)

  • आइतवार, चैत्र ३०, २०७६
विपन्न श्रमिक र व्यसाहारा परिवारको सारथी बनेर हिड्छु : वडाअध्यक्ष पाध्याय (भिडियाे सहित)

लक्ष्मीराज पाध्याय/ बाजुरा ३० चैत्र– बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बिपन्न असाय र ब्यसाहाराको सारथी बनेर अगि बढ्ने बताएका छन् ।
बडिमालिका खवरको नियमीत कार्यक्रम कोरोना कहरमा स्थानीय तहको भुमीका बिषायक कार्यक्रममा वडाअध्यक्ष पाध्यायले यस्तो बताएका हुन ।
बडिमालिका नगरपालिका वडा न ७ मा लकडाउनका कारण खानामा समस्या भएका ३ सय ६१ परिवारलाई राहत बितरण गरिसकेको र बाकी फेरी पनी लकडाउन थप भएर कोही कुनै परिवारलाले खाना पाएनन भने आफुले नगरपालिका र प्रदेश सरकार र सघिंय सरकारसंग गुहार मागेर भए पनी खाद्यन्नको ब्यबस्था गर्ने वडा अध्यक्ष पाध्यायले बताए ।
लकडाउनका कारण समस्यामा परेका बिपन्न श्रमीक र ब्यसाहाराहरुलाई कुनै पनी समस्या हुन नदिने बताएका छन् ।
नेपाल सरकारहरुले घोषणा गरे अनुरुप बडिमालिका नगरपालिका वडा न ७ को सहयोगमा वडाका ४ सय ८१ मध्य ३ सय ६१ पिपन्न श्रमिक र व्यसाहारा परिवारलाई राहत बितरण एक चरणमा सकिसकेको वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । वडाभरी ३ सय ६१ किलो दाल, ४७ कुइन्टल चामल सावुन र ३ सय ६१ किलो नुन बितरण गरिएको वडाअध्यक्ष पाध्यायले बताए ।
वडापालिकाले उनीहरूलाई आ–आफ्नै मापदण्ड बनाएर राहत दिएको र यसमा लकडाउनले थप समस्या निम्त्यायो भने आफुहरु जनताको चुलो निभ्न नदिने वडाअध्यक्ष पाध्यायले बताएका हुन् । ज्याला मजदुरी गर्ने, र अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गरिएको वडा अध्यक्ष पाध्यायले बताएका छन् ।

https://www.youtube.com/watch?v=vwQPrZvcFno&t=88s

चर्चामा

सम्बन्धित समाचार