बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • धनगढीका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

धनगढीका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

  • आइतवार, चैत्र ३०, २०७६
धनगढीका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’
सांकेतिक तस्बिर

धनगढी : कोरोना भाइरस (कोभिड–१९)  संक्रमित धनगढीका युवाको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’आएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारत धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय युवकमा चैत १४ गते कोरोना पुष्टि भएका थियो ।

यसअघि दोस्रो पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको हो । तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए । १५ दिनसम्म अस्पतालमा बसेका युवाको तेस्रो रिपोर्ट आएमा डिस्चार्ज गर्ने तयारी रहको थियो ।
दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका हुन् । ती युवककी भाउजूमा पनि कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । उनकी भाउजूको पनि दोस्रो रिपोर्ट ‘पोजेटिभ’ भएको डा. जोशीले बताए ।

कञ्चनपुरका ४१ वर्षीय संक्रमितको पनि दोस्रो रिपोर्ट ‘पोजेटिभ’नै आएको छ । कैलालीको लम्कीका २१ वर्षीय संक्रमितको दोस्रो रिपोर्ट आउन भने बाँकी छ । उनको रिपोर्ट आजै साँझ या भोलिसम्ममा आउने डा. जोशीले जानकारी दिए । डा. जोशीका अनुसार रिपोर्ट ‘पोजिटिभ’आए पनि चारै जनाको अवस्था सामान्य रहेको छ । साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार