बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बिपतको समयमा राजनिती होइन समस्या समाधान गर्नुपर्छ मेयर बडुवाल ( भिडीयो सहित)

बिपतको समयमा राजनिती होइन समस्या समाधान गर्नुपर्छ मेयर बडुवाल ( भिडीयो सहित)

  • आइतवार, चैत्र ३०, २०७६
बिपतको समयमा राजनिती होइन समस्या समाधान गर्नुपर्छ मेयर बडुवाल ( भिडीयो सहित)

बाजुरा २९ चैत्र– बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बिपतको समयमा राजनीती गर्न नहुने बताएका छन् । बडिमालिका खवरको नियमीत कार्यक्रम कोरोना कहरमा स्थानीय तहको भुमीका बिषायक कार्यक्रममा यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बडुवालले जिल्ला देश र बिश्व नै कोरोना भाइरसका कारण त्रसित भइरहेका बेला कुनै पनी राहत बाड्ने सन्दर्भमा कसैले राजनिती नगर्न अनुरोध गरेका छन् । सघिंय सरका प्रदेश सरकार र स्थानीय सरकारको नियमीत कार्यक्रम रहेकोलराहत प्याकेज यसलाइृ कसैले पनि राहत बितरणमा राजनिती गर्न नहुने बताएका छन् ।
हाल राहत बितरण कार्यक्रम पनी सुरु गरिसकेको नगरप्रमुख बडुवालले बताएका छन् । केन्द्रीय सरकारले बनाएको कार्यबिधी अनुसार बडिमालिका नगरपालिकाले राहत प्याकेज लिएर वडाअध्यक्षहरु सबै खटिएका छन र सरकारको निती अनुसार राहत बितरण कार्य भइरहेको बताएका छन् । हाल नगरपालिका भरी ८ सय ३३ घरपरिवार अति बिपन्न र मजदुर र किसानहरुलाई राहत बितरण गरिने बताएका छन् । सबैको वडा कार्यालयले छनौट गरी नगरपालिकामा तथ्याङक संकलन गरिएको नगरप्रमुख बडुवालले बताएका छन् ।
अन्तबार्ता कार्यक्रममा बोल्दै नगरप्रमुख बडुवालले नौ ओटै वडामा रहेका सबै स्वास्थ संस्थामा आधारभुत औषधीको पुर्णरुपमा तयारी अबस्थामा राखेको बताए । गाउ गाउँमा बजारको भन्दा निकै राम्रो लकडाउनको पालना गरेका छन् एक गाउँबाट अर्को गाउँमा कोही पनी गएका छैनन् नगरप्रमुख बडुवालले बताए ।
गाउँमा हालसम्म कुनै पनी समस्या नभएको र भइहाले पनी नगरपालिका जनताको काममा कुनै पनि हालतमा नचुक्ने नगरप्रमुख बडुवालले बताएका छन् ।

https://www.youtube.com/watch?v=L3m5ZMeY7iA&t=431s

चर्चामा

सम्बन्धित समाचार