• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कोरोना परीक्षण मेसिन धनगढी पुगाईएको चार दिन सम्म पनि जडान भएन

कोरोना परीक्षण मेसिन धनगढी पुगाईएको चार दिन सम्म पनि जडान भएन

  • शनिबार, चैत्र २९, २०७६
कोरोना परीक्षण मेसिन धनगढी पुगाईएको चार दिन सम्म पनि जडान भएन

धनगढी : संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन चार दिन सम्म पनि जडानमा हुन सकेको छैन्। केन्द्रीय पशुपन्छी अन्वेशण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षणलाई तिव्रता दिन बुधवार आरटीपीसीआर मेसिन पठाए पनि अहिले सम्म जडान नभएको हो।

प्रदेश सरकारले जडानका लागि पठाएको उपकरणमा आवश्यक थप सामाग्रीको अझै व्यवस्थापन गर्न नसक्दा मेसिन जडानमा समस्या भएको प्राविधिकहरुले बताएका छन्। प्रदेश सरकारलाई आवश्यक १० बाढि सामानमा अधिकासं सामानको व्यवस्थापन गरेपनि काठमाडौँबाट ल्याउन पर्ने सामान भने अझै खरिद गर्न सकेको छैन्।

प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने सबै सामाग्री व्यवस्थापन नहुँदा जडानमा ढिलाई भएको माईक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले बताए। उनले अब केही सामान मात्रै आउन भएकाले सामान धनगढी पुग्नासाथ मेसिन मार्फत परीक्षण सुरु हुने बताए।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विद्युत लाईन विस्तार र फर्निचरको काम जारी रहेको बताए। उनका अनुसार प्रयोगशालामा आवश्यक युपियसको समेत व्यवस्थापन भईसकेको छ। अब काठमाडौँबाट सेन्टी फ्युज मेसिन खरिद गर्न बाँकी रहेको छ।

सामाजिक विकास मन्त्रालयले उक्त मेसिन काठमाडौँबाट आज नै खरिद गरी ल्याउने तयारी भईरहेको जनाएको छ। केन्द्रीय प्रयोगशालामा रहेका तीनवटा मेसिनमध्ये एक धनगढी पठाइएको थियो। उक्त मेसिन मार्फत १२ घण्टामा दुई सय ७० जनाको परीक्षण गर्न सकिनेछ।

दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार