बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • सांसद थापा स्वास्थ्य साम्रागि पठाउन पहल गर्दै

सांसद थापा स्वास्थ्य साम्रागि पठाउन पहल गर्दै

  • शनिबार, चैत्र २९, २०७६
सांसद थापा स्वास्थ्य साम्रागि पठाउन पहल गर्दै

बाजुरा : प्रतिनिधी सभा सदस्य तथा नेकपा केन्द्रिय सदस्य लालबहादुर थापाले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्न पहल थालेका छन् । कोरोना विरुद्धको खटिएका स्वास्थ्य कर्मीका लागि आवश्यक सामाग्री र अन्य औषधी औजार उपकरण वितरणमा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्न मन्त्री स्तरीय पहल थालेका हुन् ।

बाजुराबाट प्रतिनिधी सभा सदस्य बनेका थापाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समिति संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर पहल थालेका हुन् ।

आयातित सामाग्रीपनि सुगम क्षेत्र र शहर बजारमा मात्र सीमित गर्ने, दुर्गम जिल्ला र क्षेत्रलाई कम प्राथमिकतामा राख्ने काम भइरहेको गुनासो बढेपछि थापाले प्रत्यक्ष भेट गरेका हुन् । हाइ अलर्टमा रहेको सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य कर्मी, स्वास्थ्य सामाग्री उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न आग्रह समेत गरेका छन् ।

मन्त्रालयमै पुगेर सांसद थापाले बाजुरा जस्ता दुर्गम जिल्ला र उति जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको संवेदनशिलता बारे ध्यानाकर्षण गराएको थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिएका छन् । थापाले स्वास्थ्य सामाग्री पठाउन अनुरोध पछि तत्काल प्राथमकितामा राखेर पठाउने आश्वास मन्त्रीबाट आएको बुझीएको छ ।

चर्चामा

सम्बन्धित समाचार