शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कोरोनाको सन्देशसंगै यो पनि आवश्यक

कोरोनाको सन्देशसंगै यो पनि आवश्यक

  • शुक्रबार, चैत्र २८, २०७६
कोरोनाको सन्देशसंगै यो पनि आवश्यक

डिबी साउद   — ऋतु परिवर्तनसंगै मौसम र पर्यावरणमा आउने बदलाव र उत्पन्न परिणाम स्वरुप मानिसहरू विरामी भईरहन्छन र प्राकृतिक प्रतिरोधी क्षमताले स्वयं पनि संञ्चो हुन्छन । तर आफ्ना लागि स्वयं विनाश निम्त्याउने मानव प्रवृति जगतका लागि घातक बन्दै गएको छ । यो सुख्खा मौसम हो, यतिबेला हाम्रा तमाम बन जंगलमा आगो लगाउने प्रचलन पुरानो हो, केवल सिमित स्वार्थका लागि तर उत्पन्न हुने परिणाम बारे मौनता साधेका छौ । जंगलमा हुने आगलागी वा धुवाको असर थोरै थेरै तपाई हामीले अनुभव र अनुभूति गरेका छौ तर वास्तवमै यसले मानव स्वास्थमा के असर गर्छ त भन्ने सन्दर्भमा American Lung Association and United States Environment Protection Agency (EPA) ले भन्छ कि यसले टाउको दुख्ने, थकान, शिथिलता गर्ने संगै बालबच्चा , वृद्ध Asthma, Chronic obstructive pulmonary disease, bronchitis, chronic heart disease, cancer and diabetes का विरामीलाई प्रत्यक्ष असर गर्दछ साथै रोग उत्पन्न गराउन सहायक हुन्छ । हाम्रो फोक्सोले १० माईक्रोन भन्दा साना अर्थात one seventh diameter of our hair लाई खोकी/कफ र हाछ्यूको माध्यमबाट बाहिर निकाल्न सक्दैन केवल त्यो भन्दा ठ्लालाई मात्र निकाल्न सक्छ र ती स-साना कणहरु फोक्सोमा टांसियर विस्तारै रक्त बाहिनी प्रवाहमा जान्छन र शरीरलाई बेफाइदा र विभिन्न असरहरू हुँदैजान्छ । त्यसैले पर्यावरण संरक्षणमा हाम्रो योगदान आवश्यक छ । कोरोनाले (Corona) पनि श्वासप्रश्वासमा प्रत्यक्ष असर गर्ने हुँदा स्वच्छ विषाक्त रहित हावा अति आवश्यक छ । यस्ता हर्कतले त झन कोरानालाई उपयुक्त वातावरण पो तयार हन्छ त ! त्यसैले निम्न कार्यहरुमा ध्यान दिउ ।
१. जंगलमा घांस पलाउंछ भनी आगो नलगाउ ! र आगो लगाउने व्यक्ति र सामुदायिक वन समुहलाई कानुनी दायरामा ल्याउ।
२. अति आवश्यक ठाउंबाहेक वृक्षारोपणको नाटक नगरौं, आगो नलाउने वित्तिकै सब राम्रो हुन्छ ।
३. अति आवश्यक बाहेक वन जंगलको अत्यधिक दोहन नगरौं ।
४. वनको गोडमेल , कटनी छटनी गरी उर्वर बनाउ !
५. पानीका श्रोतहरुको संरक्षण र संवर्द्धन गरौं ।
६. आवश्यक ठाउंमा recharge पोखरी निर्माण गरी पर्यावरण संतुलनमा योगदान पुर्‍याउ !
६. विकासका काममा आवश्यक हुनेमा IEE र EIA गरी कानुनको पूर्ण पालनामा स्थानीय सरकार जिम्मेवार बनौं ।

चर्चामा

सम्बन्धित समाचार