शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • विपन्न श्रमीक र व्यसाहारा परिवारलाई साहारा दिदै वडाअध्यक्ष

विपन्न श्रमीक र व्यसाहारा परिवारलाई साहारा दिदै वडाअध्यक्ष

  • शुक्रबार, चैत्र २८, २०७६
विपन्न श्रमीक र व्यसाहारा परिवारलाई साहारा दिदै वडाअध्यक्ष
राहत बितरणमा वडाअध्यक्ष धर्मराज पाध्याय लगायत जनप्रतिनिधी बडीमालिका नगरपालिका वडा न ७

लक्ष्मीराज पाध्याय/ बाजुरा २८ चैत्र —  बडिमालिका नगरपालिका वडा न ७ मा लकडाउनका कारण खानामा समस्या भएका ३ सय ६१ परिवारलाई राहत बितरण गरिएको छ । लकडाउनका कारण समस्यामा परेका बिपन्न श्रमीक र  साहाराहरुलाई वडाअध्यक्ष धर्मराज पाध्यायको पहलमा राहत बितरण गरिएको हो ।
नेपाल सरकारहरुले घोषणा गरे अनुरुप बडिमालिका नगरपालिका वडा न ७ को सहयोगमा वडाका ४ सय ८१ मध्य ३ सय ६१ पिपन्न श्रमिक र व्यसाहारा परिवारलाई राहत बितरण गरिएको वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । पहिलो दिन २ सय २६ परविारलाई राहत वितरण गरेका छौ बाँकी भोलि बितरण गरिने छ वडाअध्यक्ष पाध्यायले बताए । वडाभरी ३ सय ६१ किलो दाल, ४७ कुइन्टल चामल सावुन र ३ सय ६१ किलो नुन बितरण गरिएको वडाअध्यक्ष पाध्यायले बताए ।


वडाअध्यक्ष धर्मराज पाध्याय वडा सदस्य धनलाल पाध्याय लगायत जनप्रतिनीधीको रोहोवरमा सो राहत बितरण गरिएको वडाकार्यालयले जनाएको छ । विपन्न र ज्याला मजदुरी गर्ने परिवारले राहत पाउदा निकै खुसी भएका छन् स्थानीय तहले उनीहरूलाई आ–आफ्नै मापदण्ड बनाएर राहत दिएका हुन् । ज्याला मजदुरी गर्ने, र अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गरिएको वडा अध्यक्ष पाध्यायले बताएका छन् । राहत स्वरुप चामल, दाल, नुन, तेल, साबुनल गायतका सामग्री बितरण गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार