सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हुम्ला र मुगुसँगकाे आवतजावतमा कडाई गरिएको छ : अध्यक्ष मल्ल (भिडीयाे सहित)

हुम्ला र मुगुसँगकाे आवतजावतमा कडाई गरिएको छ : अध्यक्ष मल्ल (भिडीयाे सहित)

  • शुक्रबार, चैत्र २८, २०७६
हुम्ला र मुगुसँगकाे आवतजावतमा कडाई गरिएको छ : अध्यक्ष मल्ल (भिडीयाे सहित)

बाजुरा २८ चैत्र — कोरोना भाइरसको त्रासले बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले छिमेकी जिल्ला हुम्ला र मुगुका सबै नाकाहरु बन्द गरेको छ । एक जिल्ला बाट अर्को जिल्लामा आवत जावत बन्द गर्न सो निर्णय गरिएको हो । बिश्व कोरोनाको संक्रमणमा जुधिरहेका बेला हिमाली गाउँपालिका पनि निकै खटिएको छ । बाजुरा जिल्लाको सबै भन्दा दर्गम मानिने हिमाली गाउँपालिकामा १ हजार ९ सय ६६ घरधुरी रहेको गाउँपालिकामा सबै घरलाई सावनु बितरण गर्नुका साथै घरघरमा पुगेर जनचेतना दिने काम भईरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताए । अरु स्थानीय तहहरु जस्तै आफ्नो गाउँपालिकाले पनी यतिबेला गाउँ गाउँमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकमीृहरुका लागि भत्ता दिने निर्णय समेत गरेको अध्यक्ष मल्लले बताए ।

      बडिमालिका खवरको नियमित कार्यक्रम कोरोनाको कहरमा स्थानीय तहको भुमिका बिषायक अन्तबार्ता कार्यक्रममा अध्यक्ष मल्लले यस्तो बताएका हुन । त्यसै गरि हाल बिश्वमा कोरोना भाइरस कोबिट १९ को संक्रमणले ग्रसित रहेको र यो समयमा स्वास्थ्यकर्मीहरु निकै जोखीममा रहेकाले स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न गाउँपालिकाले पनी हौसला स्वरुप भत्ताको ब्यबस्थापन गरेको अध्यक्ष मल्लले बताए ।
गाउँ गाउँमा कती मान्छे छन राहत पाउने खालका मान्छेलाई कसरी राहत दिन सकिन्छ भन्ने कुरामा सबै वडाअध्यक्ष देखी कर्मचारी सबै लागिपरेका छन् गाउँपालिका अध्यक्ष मल्लको भनाइ रहेको छ । जिल्ला यतिबेला लकडाउनमा रहेको छ । राहत दिनु अगाडी हाल गाउँमा वडाअध्यक्षहरु वडा सचिवहरु तथ्याड्ढ संकलन भइरेको र केही दिनमा खान नपुग्ने दैनीक ज्यालामा काम गरि खानेहरुका लागी खाद्यन्नको ब्यबस्थापन कार्यक्रमको समेत ब्यबस्था गरेको अध्यक्ष मल्लले बताए । त्यसै गरी हुम्ला बाजुरा जोडीएका बिभिन्न क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिएका र छिमेकी जिल्ला हुम्ला बाजुरा र मुगु बाजुराको आवत जावतमा समेत रोक लगाएको छ ।

https://www.youtube.com/watch?v=BlDiZPLJJ4c

चर्चामा

सम्बन्धित समाचार