• होमपेज
  • बुढीगंगा
  • सेटिङमा काम गर्न पल्केको नेतृत्वले नगरको बदनाम गराए

सेटिङमा काम गर्न पल्केको नेतृत्वले नगरको बदनाम गराए

  • बुधबार, चैत्र २६, २०७६
सेटिङमा काम गर्न पल्केको नेतृत्वले नगरको बदनाम गराए

बाजुरा २६ चैत्र- बुढिगंगा नगरपालिकाका नगर प्रमुख र उप्रमुखले एकलौटी सेटिङ मिलाएर काम गर्दा नगरपालिकाको बदनाम राएको आरोप नेकपा बुढिगंगा नगरकमिटीले लगाएको छ । विवेकशुन्य अवस्थामा रहेको नेतृत्वकै कारण सिंगो नगरपालिका विधी, विधान र विकासक्रममा बद्नामीत हुन पुगेको नेकपा नगरकमिटिले विज्ञप्ती मार्फत आरोप लगाएको छ ।
नगर कमिटीको आधिकारी फेसबुक पेजबाट सार्वजनिक गरिएको विज्ञप्ती मार्फत मनोमानी र मिलोमतोमा नगरपालिका चलाउन पल्केका नगर प्रमुख र उपप्रमुख लगायतका व्यक्तिहरुले सार्वजनिक पदको गरिमा समेत जोगिन नसक्नु लज्जाको विषय बनेको उल्लेख गरिएको छ ।
बुढीगंगा नगरपालिकाको नेतृत्व गरिरहेकोहरुको असक्षमताले सिंगो नगर कै बद्नाम गरेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बुढीगंगा नगर कमिटीले आरोप लगाएको छ ।
निर्वाचन सकिएको तीन वर्षसम्म पनि कर्मचारी व्यवस्थापन गर्न नसक्नु, नगरको योजना निर्माणमा ध्यान नदिने, नगर विकास योजना विनै मनोमानी रुपमा अनुकुलका व्यक्तिका नाममा योजना दिनु जस्ता गैर जिम्मेवारी कार्य गरिएको आरोप लगाईएको छ ।
महासंकटमा समेत लज्जा बोध हुने र गैर जिम्मेवारी कार्यगरेको प्रति आपत्ती जनाएको छ । निर्वाचनको ८ महिनासम्म नगर सभा सञ्चालन गर्न नसकेको नगरपालिकाले हाल ८ महिनासम्म पनि प्रमुख प्रशासकीय अधिकृतकै व्यवस्थापन गर्न नसक्नु असक्षमता भएको भनिएको छ ।
ऐन नियम नबनाएको, राजपत्र प्रकाशित नगरेको, निर्माणको कामको अगुवाई गर्ने इन्जिनियर भर्नाका लागि गरिएको विज्ञापन गुपचुप मै राखेर फर्म भरेको पैसा समेत फिर्ता नगर्नुलाई जनताले कुन रुपमा बुझ्ने भन्ने विज्ञप्तीमा प्रश्न गरिएको छ ।
नगरपालिकाको कर्मचारीले आफ्नै नगर भित्रका विद्यालयको अडिट गर्न नैतिकता चाहिने नचाहिने र खुला सूचना जारी गरेर अडिटर छान्नुको सट्टा मिलोमतोमा नैतिकता बच्ने कार्य नेतृत्वबाटै भएको बताईएको छ । नगरपालिकाको प्रोफाइल निर्माण थालनी भएको तीन वर्षसम्म पनि काम नगर्ने देशकै नम्बर एक भनिएको कम्पनीलाई खारेज नगरिनुको कारण पनि सोधिएको छ ।
नगरको भौतिक विकासका वातावरणीय अध्ययन, डिपिआर निर्माण मिलोमतोमा दिनेले नगर कार्यपालिकाको बैठक बोलाउने, बैठकमा बस्ने र आफू अनुकूल नहुने देखेपछि भाग्ने नैतिकता देखाएर हिरोइज्म बन्न खोजे राम्रो नहुने नगर कमिटी अध्यक्ष नरेनद्र थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
मन्त्रालयको अघिल्लो निर्णयलाई पछिल्लो निर्णयले स्वतः निश्क्रिय बनाउँछ भन्ने बारेमा थाह हुँदा हुदै प्रशासनको कर्मचारीका विरूद्द षड्यन्त्र गरेर स्पष्टीकरण जस्तो गोप्य पत्रलाई सामाजिक संजालमा पोष्ट गरेर कर्मचारीलाई बेइज्जत गर्ने दुष्प्रयास गर्ने नैतिकता नगरको नेतृत्वसँग नहुनु नै विवेक शुन्य अवस्थामा नेतृत्व पुगेको भन्ने आरोप नगर कमिटीले लगाएको छ ।
तीन वर्षसम्म बस्ने घर समेत बनाउने योजना नबनाउने सक्ने नेतृत्वले सधै विवादको केन्द्रका रुपमा चिनाउन खोज्ने दुस्प्रयास आगामी दिन नगर्न आग्रह गरिएको छ । नगर कार्यपालिकामा यतिबेला प्रमुख प्रशासकीय अधिकृत बारे विवाद भईरहेको छ ।
महासंटकका बेला अधिकृतको खोजीमा आएको भनेर काठमाडौंमा बस्ने नगर प्रमुखले जतनता प्रति कत्तिको जिम्मेवार छु भनेर आफैलाई मूल्याकंन गर्न पनि विज्ञप्ती मार्फत भनिएको छ । नगर प्रमुख र उपप्रमुख काँग्रेसले जितेपनि नगर कार्यपालिकामा भने नेकपाको बहुमत छ ।
जिल्लाका नौ वटा स्थानीय तहमध्ये बुढीगंगा नगरपालिका बढी विवादीत र चर्चामा आइरहने नगरपालिकाका रुपमा चिनिएको छ । मन्त्री देखि सांसदसम्म पार्टी देखि शिक्षित वर्गको नेतृत्वसम्म भएको क्षेत्रका गतिविधी बारे जिल्ला बासीले भने अरुलाई सिकाउनेको वास्तविक रुप देख्न पाईएको भन्दै हाँसि मजागका रुपमा लिइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार