आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गजल(मेराे बाजुरामा)

गजल(मेराे बाजुरामा)

  • बुधबार, चैत्र २६, २०७६
गजल(मेराे बाजुरामा)

दिनरात खटेर एकछाक टर्दै टर्दैन मेराे बाजुरामा 1
अज्ञानता,गरिबी,बेराेजगारी हट्दैन मेराे बाजुरामा2
बिधुत,बाटाे,स्वास्थ्य,सञ्चार,यातायातकाे हालत हेर
किन? सरकारकाे ध्यान जादैजादैन मेराे बाजुरामा।।3

हामी गुणस्तरिय अप्रेशन चाहान्छाै,तर खै त
बिरामी मर्छ तर सिटामाेल पाइदैन मेराे बाजुरामा 4
दिनरात खटेर……..

खुब अादर्शकाे भाषण ठाेक्दै हिड्छन चुनावमा
जितिसके नेताकाे पाईला फर्किदैन मेराे बाजुरामा 5
बिरामी मर्छ तर ……..

खप्तड,बढीमालिका,बुढिनन्दा ,कर्णाली छन् स्वर्ग झै
तर पनि पर्यटक भित्रिदै भित्रिदैन मेराे बाजुरामा 6
दिनरात घटेर ….

छाेरा गाेरूभैसी गाेठालाे,छाेरी भेडाबाख्राकाे ग्वाली
डाक्टर,पाईलट,ईन्जिनयर जन्मिदैन मेराे बाजुरामा 7
दिनरात खटेर एक छाक टर्दै टर्दैन मेराे बाजुरामा
बिरामी मर्छ तर सिटामाेल पाईदैन मेराे बाजुरामा

चर्चामा

सम्बन्धित समाचार