बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • हेलो कमरेड अभिवादन!

हेलो कमरेड अभिवादन!

  • बुधबार, चैत्र २६, २०७६
हेलो कमरेड अभिवादन!

हुन त यो राजनीतिक विषयमा चर्चा र बहस गर्ने बेला होइन तर के गर्नु बिश्व का ठुला ठुला रास्ट्रहरु रास्ट्रिय संकट आएको बेला सम्पुर्ण पाटि, सरकार र जनता हरु एक जुट भएर रास्ट्रिय संकट विरुद्ध हातेमालो गर्दै समाधान को बाटो खोज्छन् तर हाम्रो देश नेपाल मा जब रास्ट्रिय आउन्छ तब राजनीतिक तरङ्ग मच्चिन्छ र धमिलो पानी मा माछा मार्ने हरु सल्बलाउन थाल्छन् । यो कोरोना अथार्त (Covid-19) ले बिश्व भरी त्रास फैलाए संगै अहिले सम्मको रिपोर्ट अनुसार बिश्व भरी मृत्युु हुने को संख्या ८२,०८० र संक्रमीत को संख्या १,४३१,७०६ पुगे संगै हाम्रो देशमा भने अहिलेसम्म मृत्यु कसैको भएको छैन र संक्रमीत को संख्या भने ९ पुगेको छ। बिश्व भरी संक्रमण र मृत्यु को संख्या दिन प्रति दिन बढिरहेको छ।
बिश्व का ठुला ठुला रास्ट्रहरु अमेरिका, चीन, भारत लगायतका देश हरु रास्ट्रिय एकता संगै यो माहामारी सङ्ग लडिरहेका बेला हाम्रो देश नेपाल मा भने सम्पुर्ण पार्टी हरु जनता हरु लगायत रास्ट्रिय शक्ति हरु एकजुट भयर रास्ट्रिय संकट को सामना गर्नु त परै जाओस् देश कै ठुलो पार्टी जो अहिले दुई तिहाई को सरकार हाकिरहेको नेपाल कम्युनिस्ट पार्टी भित्र गुट को लडाइँ चलिरहेको छ।
यो रास्ट्रिय संकट को बेला मा हाम्रा सम्माननिय प्रधानमन्त्री ज्यु स्वस्थ अवस्था मा हुनु हुन्न भन्ने कुरा हामी सबैलाई अवगत नै छ। उहाँको सन्चो नभएको र यो माहामारी को अवसर पारेर देश द्रोही शक्तिहरु सल्बलाउन थालेका छन यिनिहरु बाहाना हरु बनाएर सामाजिक संजाल र मिडिया हरु लाई उचालेर रमाइरहेका छ्न।
नेपाल मा बहुदलीय बेवस्था भय देखि नै कम्युनिस्ट आस्थावान हरु को बहुमत छ तर हिजोका दिन सम्म कम्युनिस्ट हरु लाई आपसमा लडायर त्यसको फाइदा अरु पार्टी ले लिने गरेका थिए जुन भनिन्छ नि नेपाली उखान भाइ फुटे गवार लुटे जस्तै भैरहेको थियो। अहिले पनि अरु पार्टी हरु कम्युनिस्ट हरु आपस मा लडायर दाउ हान्ने पर्यास मा सिनु खाने गिद्द झै निहाली रहेका छ्न किन भने तिनीहरु लाई राम्रो सङ थाह छ कम्युनिस्ट हरु एकजुट भैरहने हो भने उनीहरुको कहिल्यै खैरेत छैन ।
हाम्रो पार्टी का केही भाइरस नेता कार्यकर्ता ले गर्दा समय समय मा हाम्रो महान पार्टी को बेइज्जत हुने गरेको छ। अहिले हाम्रो पार्टी का सबै नेता कार्यकर्ता हरु साच्चिकै कम्युनिस्ट बिचार धाराका छन त भन्ने कुरा मा ध्यान दिन जरुरी छ।
कोहि नेता कार्यकर्ता हरु भाइरस भएर देखाउटि कम्युनिस्ट को रूपमा पार्टी र संगठन को पद मा बसेर राजा र पुजीवादी हरु को गुणगान गाइरहेका हुन्छन् किन भने तिनीहरु स्वार्थ का लागि मात्र कम्युनिस्ट भएका हुन। हामी सम्पुर्ण कम्युनिस्ट कार्यकर्ता हरु ले के कुरा बुझ्न् जरुरी छ भने हाम्रो पार्टी नेकपा एकीकृत भएर बिशाल र एसिया कै शक्तिशाली पार्टी मा गनिन्छ। हाम्रा सस्थापक नेता कमरेड पुस्पलाल का सपनाहरू साकार गर्ने बाटो मा हामी छौ तर हाम्रो पार्टी एकीकरण हुदै गर्दा पनि केहि नेता हरुले कम्युनिस्ट आन्दोलन सफल पार्न का लागि होइन ता कि आफ्ना स्वार्थ पुरा गर्ने उदेश्य ले एकीकृत भएका छ्न। ती स्वार्थी र कम्युनिस्ट का नाम मा कलङक नेताहरू लाई हामी सम्पुर्ण कम्युनिस्ट कार्यकर्ता हरुले चिन्न र तिनीहरु को अस्ल्यित बाहिर ल्याउन जरुरी छ। पार्टी भित्र का घातक भाइरस हरु को लागि हामी कार्यकर्ता हरु ले पार्टी बाट लखेट्न सकेनौं भने हाम्रो महान कम्युनिस्ट पार्टी धोस्त हुने छ र कमरेड पुस्पलाल का सपनाहरू चक्नाचुर हुने छ्न अनि नेपाल मा फेरि पुजीवादी दलाल र अन्तरास्ट्रिय गिरोह हरु को हालीमुहाली चल्नेछ र सम्पुर्ण देशबाशी आमा बुवा, दाजु भाइ, दिदिबहिनी हरु ले दुख पाउने छ्न र एक दिन हाम्रो देश नेपालीको अस्तित्व मेटिने छ। त्यसैले हामी नेकपा भित्र का भात्री संगठन का नेता कार्यकर्ता हरु चनाखो भएर यो विशाल पार्टी जोगाउन एक ढिक्का भएर लाग्नु पर्छ र मात्र कम्युनिस्ट आन्दोलन लाई सफल्ता को बाटो मा डोर्याउन सकिन्छ।
अभिवादन!
मिलन जङ्ग एेडी 
रास्ट्रिय युवा संघ बाजुरा

चर्चामा

सम्बन्धित समाचार