बाजुरा २६ चैत्र — केही दिन देखी जिल्ला अस्पतालमा रहेका आईसोलेसनमा रहेका दोर्साे ब्यक्तिको रिपोट पनि नेगटिभ रिर्पोट आएको छ ।
कोरोनाको आशंकामा जिल्ला अस्पताल बाजुराले २३ गते एक जनालाई आईसोलेसन कक्षमा भर्ना गरेको थियो । कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिए पछि २० वर्षे एक जना युवकलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको ३ दिन पछी रिर्पोट निगेटिभ देखीएको जिल्ला अस्पतालका सुचना अधिकारी चुडामणी पन्तले बताए । आईसोलेसनमा भर्ना गरिएका यूवकको अबस्था सामान्य रहेको र आज उनलाई वार्डमा भर्ना गरेर भोली मात्र डिस्चार्ज गरिने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताए ।