• होमपेज
  • बाजुरा बिशेष
  • कोरोना बिरुद्ब जुध्न बाजुराका स्थानिय तहले धमाधम राहात कोष स्थापना गर्दै

कोरोना बिरुद्ब जुध्न बाजुराका स्थानिय तहले धमाधम राहात कोष स्थापना गर्दै

बिपन्न,गरिव असाय र बिदेशबाट आएकाको तथ्याड्ढ संकलन पनि गरिदै

  • सोमवार, चैत्र २४, २०७६
कोरोना बिरुद्ब जुध्न बाजुराका  स्थानिय तहले धमाधम राहात कोष स्थापना गर्दै

पदमबहादुर सिंह / बाजुरा २४ चैत्र- बाजुराका नौ ओटै स्थानिय तहले नोबेल कोरोना बिरुद्धको अभियान रोक्न सहयोगार्थ राहात कोष स्थापन गर्न थालेका छन् । स्थानिय तहले कोषको स्थापना गरिएकोमा दातृ निकाय कोष दाताहरुले समेत ब्यक्तिगत सहयोग भन्दा पनि त्यसै कोषमा सहयोग गर्न अनुरोध गरिएको छ ।
बाजुरा जिल्लाको गौमुल गाउँपालिकाले ३० लाख बराबरको विपत राहात कोष स्थापना गरेको छ । गाउँपालिकाले हिजो गाउँ कार्यपालिकामा उपल्बध सदस्यहरुको आकस्मिक बैठकले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रतिकार्य योजनाको लागि ३० लाखको विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको गौमुल गाउपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले जानकारी दिएका छन् ।
त्यस्तै हिमाली गाउपालिकाले ५० लाख बराबरको राहात कोष स्थापना गरिएको छ । गाउसभा बाटै राहतकोष स्थापना गरिएको थियो । त्यसै कोषलाई कोरोना महारीको रोथामको लागि प्रयोग गरिने गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले जानकारी दिए ।
गाउमालिकाका सबै गाउ बस्थिहरुमा कोरोना बिरुद्धको रोकथामको लागि जनचेतना फैलाउने कम भएको छ । गाउपालिकाका १ हजार ९ सय ६६ घर धुरीलाई दुई दुई चक्की साबुन १२ गते नै वडा अध्यक्षको नेतृत्वमा बितरण गरिएको उनले बताए ।
बिदेशबाट आएकाहरुको तथ्याड्ढका लागि सबै वडा अध्यक्षहरु लागि रहेको अध्यक्ष मल्लले जानकारी दिए । हिमाली गाउपालिकासंग जोडिएको कर्णाली प्रदेशसंगका सिमानामा पूर्णरुपमा तार जालि लगाएर बन्द गरिएका छन् गाउपालिकामा आवत जावत पूर्णरुपमा बन्द गरिएको मल्लले बताए ।
स्वामीकार्तिक खापर गाउपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले १० लाख बरावरको राहात कोष स्थापना गरिएको बताए । सबै वडाहरुमा बिदेशबाट आएकाहरुको तथ्याड्ढ संकलन भईरहेको छ । हालसम्म भारतबाट आएका ३५ जनालाई क्वारेन्टाईनमा राखिएको छ । क्वारेन्टाईनमा राखेकाहरुको खानबस्न सबै ब्यवस्था गरिएको भएपनि पिपिए सेट नहुदा उनीहरुलाई चेकजाचको समस्या भएको अध्यक्ष शाहीले बताए । प्रदेश सरकारले क्वारेन्टाईन निर्देशिका बनाएर दिए पनि त्यसको मापदण्ड अनुसार गर्न नसकीएको उनले बताए । हाल प्लाष्टिकका उपकरण बनाएर काम चलाउने गरेको उनले बताए ।
लकडाउनलाई कडाईका साथ लिएको छ । गाउपालिका आउने जाने नाका पूर्ण बन्द गरिएको उनले बताए ।
त्यस्तै जगन्नाग गाउपालिकाले २० लाख बरावरको राहात कोष स्थापना गरेको बताएको छ । गाउपालिकामा रहेका अतिबिपन्न परिवार लकडाउनको कारणले दैनीक ज्यालादारी लगाएतको तथ्याड्ढ संकलन भईरहेको र त्यस्तो तथ्याड्ढ आएपछि एक परिवारलाई २ हजार बराबरको खाद्यन्न सामग्री दिने निर्णय गरेको छ । भारतबाट आएका हरुको तथ्याड्ढ लिने काम वडाहरुबाट भईरहेको जगन्नाथ गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।
बडिमालिका नगरपालिकाले अति विपन्न परिवारका लागि राहत प्याकेज घोषणा गरेको छ । ज्याला मजदुरी गरि खाने परिवारका लागि दैनिक जीवनयापन गर्न सजिलोका लागि राहत प्याकेज ल्याएको नगर प्रमुख पदम बडुवालले बताएका छन् । नगर कार्य पालिकाको बैठकबाटै राहत प्याकेज घोषणा गरिएको नगर प्रमुख बडुवालको बताएको छ ।
तत्कालको समस्या टार्न चार जनासम्मको परिवारका लागि ३० केजी चामल, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल, २ केजी चिनी र २ वटा साबुन दिने गरि राहत प्याकेज ल्याएको बडुवालले बताए ।
नगर भित्रका नौ वटै वडामा बसोबास गर्ने ज्याला मजदुरी गरि खाने परिवार, अति विपन्न परिवार र एकल महिला तथा वृद्धवृद्धा मात्र भएको घरको पहिचान गरि राहत दिने निर्णय नगरपालिकाले गरेको छ । वडा अध्यक्ष संयोजक रहेको समितिले घरधुरी पहिचान गर्ने र त्यसैका आधारमा राहत स्वरुप उपलब्ध गराउने भनिएको खाद्यन्न सम्बन्धीत वडामा पुर्याउने तयारी नगरपालिकाले गरेको छ ।

नगरपालिकाले तत्कालका लागि २४ लाख बराबरको आपतकालिन राहत कोष निर्माण गरेको र थप आवश्यक परेमा अन्य विकास निर्माणका योजनाको बजेटलाई पनि रकमान्तर गरेर कोरोना विरुद्धको लडाइमा खर्च गर्न नगरपालिका तयार रहेको नगर प्रमुखको भनाई छ ।
खप्तड छेडेदह गाउपालिकाले पनि १९ लाख बराबरको आपतकालिन कोषको स्थापना गरिएको बताएको छन । अन्य बिपन्न र गरिव परिवारको पहिचान गरि खाद्यन्नको ब्यवस्था गरिने गाउपालिकाका अध्यक्ष नरबहादुर रावलले जानकारी दिएका छन् । बिदेशबाट आएका र बिपन्नत परिव असाय परिवारको वडा स्थरबाट तथ्याड्ढ संकलन भईरहेको रावलले बताएका छन् । त्यस्तै अन्य स्थानिय तहले पनि तथ्याड्ढ संकलन मा लागि परेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार