आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कोरोनाले मारेल्दो भो मर्ने मनै छैन

कोरोनाले मारेल्दो भो मर्ने मनै छैन

  • सोमवार, चैत्र २४, २०७६
कोरोनाले  मारेल्दो भो मर्ने मनै छैन

1- घर कमजोर भएर ७२ सालमा मान्छेको अकालमै मूत्यु भयो !
देश गरिब भएर ७६ सालमा कोरोनाले मान्छे मार्ने भयो !!
2- अब आउने भूकम्पलाई सबैले प्रतिरोधि घर निर्माण गरौ !
कोरोनालाइ भगाउन साबुनपानि सेनिटाईजर डिटाेल सब्ले प्रयोग गरौ !!
3- मान्छेमात्र जन्मिएर हुदैन बस्नलाई बलियो चाहिन्छ !
कोरोनाबाट सुरक्षित हुने अभियानलाइ जनमानससम्म पुर्याउन आबश्यक मानिन्छ !!
4 -नेपालमा रोजगार छैन बिदेश पैसा कमाउन गए !
पैसा सैसा केहि नल्याएर कोरोना मात्र ल्याएर आए !!
5- नत दवाई नत मुलो गाउघरमा डाक्टलर छैन !
कोरोनाले अकालैमा मारेल्दो भो मर्ने मनै छैन !!
6- भूकम्पले घर भत्कायो गरिबका राहत बाड्छौ भनेर धनि भए अन्य !
हजारौको ज्यान जादैछ ख्यालठट्टा नगरौ है माननिय जन्य !!
7- चिनवाट जन्म लियो संसार भरि फैलिदो रुप कोरोनाले लिएको छ !
देश बिदेश जताबाट आएपनि घर नजाउ १४ दिनसम्म करेन्ट टाइममा बस्न आवश्यक छ !!
8- भोक तिर्खाले मर्ने भए शहर बजार गाउघरका मान्छेहरु !
राहत बाडाै उद्दार गरौ पुण्डे कमाउन सरकार अनि धनि बर्गहरु !!
9- डाक्टर अनि सुरक्षा कर्मि प्रत्रकार सबैलाइ कोरोनाको सेवामा धन्यबाद छ !
सबै मिलि खोजअनुसन्धान गरौ यो कोरोनाको दवाइ कता लुकेको छ !!
10- सिस्नु साग डिडाे रोटि कुटाे र कोदालि नेपालमा बसेरनै गर्छौ !
योमाहामारि कोरोनालाइ अन्त्य गर्नु हे भगवान हामि सबै पुजा गर्छौ !!

गणेश बहादुर बम

बुढीगंगा नगरपालिका ४ बाजुरा
हाल मंगलसेन नगरपालिका अछाम (मंगलसेन बजार )

चर्चामा

सम्बन्धित समाचार