शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण हुने

कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण हुने

  • आइतवार, चैत्र २३, २०७६
कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण हुने

सरकारले कैलाली र कञ्चनपुरमा हुने ¥यापिड टेष्टमा क–कसलाई सहभागी गराउने भन्ने टुंगो लगाएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको कोरोना परीक्षण हुनेछ।

सोही अनुसार टोली खटाउने तयारी भइरहेको उनले बताए। चैत महिनामा अन्य देशबाट आएका र उनीहरुको सम्पर्कमा आएकाहरुको ¥यापिड डाइग्नोस्टिक टेष्टमा गरिने डा. देवकोटाले बताए। उनका अनुसार यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गरिनेछ।

कैलालीमा दुबईबाट आएका एक युवकलाई ट्राभल हिस्ट्री नभएकी स्थानीय महिलामा संक्रमण देखिएपछि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कैलाली र कञ्चनपुर सहित तीन जिल्लामा ¥यापिड टेष्ट गर्ने निर्णय गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार