• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढीमा आजदेखि सबै पसल बन्द

धनगढीमा आजदेखि सबै पसल बन्द

  • आइतवार, चैत्र २३, २०७६
धनगढीमा आजदेखि सबै पसल बन्द

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आजदेखि दैनिक उपभोग्य सामाग्रीका सम्पूर्ण पसल पनि बन्द भएका छन्। धनगढी उप–महानगरपालिकाले शनिवार साँझ सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो। उप–महानगरपालिकाद्वारा शनिवार जारी विज्ञप्तीमा भनिएको छ, ‘आईतवार बिहानैदेखि लागु हुने गरि सम्पूर्ण खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामाग्रीका पसलहरु, सबै किसिमका सवारी साधनहरु पूर्ण रुपमा बन्द गरेर सहयोग गरिदिनहुन ब्यापारीमा अनुरोध गर्दछौं।’

यस अवधीमा अतिआवश्यक दैनिक उपभोग्य बस्तुको होम डेलिभरी गरि उद्योग वाणिज्य संघ कैलाली, किराना ब्यावसायी संघ कैलाली, दुग्ध ब्यावसायी, तरकारी ब्यावसायी लगायतका सबैमा आग्रह पनि गरिएको छ। यो निर्णयको कार्यान्वयनमा सहयोग पु¥याईदिनहुन स्थानीय प्रशासन र प्रहरीसंग अनुरोध पनि गरिएको छ।

उपमहानगरपालिकाले शुक्रवार मात्रै बिहान ६ बजदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो भने शनिवार दिउसो फेरी तीन घण्टा खाद्यान्न पसल सञ्चालनको निर्णयलाई कार्यान्वयन गर्न अपिल गरेको थियो। तर शनिवार दिउसो धनगढीका थप एक जना सहित सुदूरपश्चिमका तीन जनामा संक्रमण देखिएपछि कडाई गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार