शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • राजनितिक सँगै व्यवसायमा चम्कदै बिद्यार्थी नेता बिरेन्द्र गिरी

राजनितिक सँगै व्यवसायमा चम्कदै बिद्यार्थी नेता बिरेन्द्र गिरी

  • शनिबार, चैत्र २२, २०७६
राजनितिक सँगै व्यवसायमा चम्कदै बिद्यार्थी नेता बिरेन्द्र गिरी

 नेपाली कांग्रेस निकट नेविसंघका निर्वतमान केन्द्रिय सदस्य बिरेन्द्र गिरी राजनितिक सँगै व्यवसायमा तल्लिन रहेका छन् । काठमाडौमा १५ बर्ष पढाइ सँगै राजनितिक गरेका गिरी अहिले बाजुरामै होटल व्यवसाय सञ्चालन गरिरहेका छन् । आफ्नो जिल्लामा केही गरौ र जिल्लामै राजनितिक गर्ने उद्देश्यले उनि बिगत १ बर्ष देखी बाजुरामा व्यवसाय गर्दै आएको गिरीले बडिमालिका खबरलाई बताए ।

त्रिवेणी नगरपालिका ८ कालापानिमा स्थायि घर भएका बिद्यार्थी नेता गिरीले बुढिगंगा ६ फालासैनमा होटल कोजि पाराडाइ नाम नाखेर होटल सञ्चालन गरिरहेका छन् । ‘राजनीति कमाई गर्न नभई समाजसेवाका लागी हो । राजनीतिमा लागेको मान्छेले विशुद्ध समाज सेवा गर्नुपर्छु, गिरीले भने, ‘मान्छे आर्थिक रुपमा बलियो भने राजनीतिमा पनि सफल हुन्छ, भन्ने उद्देश्यले आफुले राजनितिक सँग व्यबसाय अगालेको वताएका छन्’ ।

त्रिचन्द्र क्यापसमा स्नातकोत्तर पास गरेका गिरी त्रिचन्द्र क्यापसको २ पटक इकाइ सहसचिब हुदै नेबिसंघको निर्वाचित केन्द्रिय सदस्य भएका हुन् । १५ सम्म काठमाडौमा बसेर पढाइ सँगै राजनितिक गरेका उनि अब भने त्रिवेणी नगरपालिका हुदै जिल्लाको राजनितिकमा सक्रिय हुने लक्ष्य रहेको उनि बताँउछन् ।

राजनितिक गर्नलाई आर्थिक पाटो सबै भन्दा बलियो हो उनले थपे । उनि आगामि चुनावमा त्रिवेणी नगरपालिकाको नगरप्रमुखको बलियो उम्मेद्धवारका रुपमा समेच चर्चामा रहेका छन् । राजनितिमा उदायका गिरी यसरी व्यवसायमा लाग्नुले अरु युवाका लागि उनि प्ररेणा पनि बन्दै आएका छन् । पहिलो चरणमा २५ लाख जति लगानि गरिसकेको उनले अझै लगानी थप्ने तयारीमा छन् । उनकोमा खाजको परिकार त बाजुरामै ब्रान्ड बनेको छ, त्यो सँगै बास बस्न समेतको राम्रो ब्यबस्था रहेको अनेरास्वीयुका जिल्ला कमिटि सदस्य मिलन जंग अयडि बताउँछन् । गिरीको होटलमा खाजा खान टाढा बाट पनि आउने गरेको मिलन बताउँछन् । होटलमा होम डेलिभरीको सेवा समेत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार