शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाल सिलाईकटाई ब्यबसायी सघं बाजुराद्धारा मास्क बितरण

नेपाल सिलाईकटाई ब्यबसायी सघं बाजुराद्धारा मास्क बितरण

  • बिहिबार, चैत्र २०, २०७६
नेपाल सिलाईकटाई ब्यबसायी सघं बाजुराद्धारा मास्क बितरण

बाजुरा २० चैत्र — बाजुरा जिल्लाको सदरमुकममा नेपाल सिलाई कटाई ब्यबासायी सघंले कोरोना भाइरसबाट बच्न बडिमालिका नगरपालिका ९ मा मास्क बितरण गरेको छ ।
कोरोना रोगको बारेमा जनचेतना दिदै गाउँमा घर घरमा पुगेर जेष्ठ नागरिक महिला र बालबालिकाहरुलाई मास्क बितरण गरेको हो
नेपाल सिलाई कटाई ब्यवासायी सघ बाजुराले संस्थागत र केही ब्यक्तीगत गरी २ सय मास्क बितरण गरेको सघका अध्यक्ष रतन नेपालीले बताए । जयमनी आउझी र अध्यक्ष नेपालीको सयुक्त प्रयासमा गाउँमा केही हत सम्म कोरोनाको संक्रमणबाट बच्नका लागि सो मास्क बितरण गरिएको दलित अधिकारकर्मी गोरख शार्कीले बताएका छन् । यतिबेला बाजुरा जिल्लाका बिभिन्न ब्यक्ती र संस्थाहरुले कोरोना भाइरस बाट बच्न बचाउन बिभिन्न कृयाकलाप गरिरहेका छन् । स्थानीतह देखी बिभिन्न निकायले सरसफाई लगायत बिभिन्न जनचेतना फैलाउदै आएका भए पनी बाजुरा जिल्लामा सरसफाईका नाममा काम गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु भने कतै देखीएका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार