बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • ज्यालादारी र विपन्न परिवारकाे तथ्यांक सकलन गर्ने

ज्यालादारी र विपन्न परिवारकाे तथ्यांक सकलन गर्ने

  • बुधबार, चैत्र १९, २०७६
ज्यालादारी र विपन्न परिवारकाे तथ्यांक सकलन गर्ने
काराेना राेकथाम पुर्व तयारिका लागि वडामा रहकाे कालिका अधारभुत विद्यालय चुथिमा क्वारेन्टाइन स्थल

बाजुरा १९ चैत्र — बडिमालिका नगरपालिका वडा न ७ का ज्यालादारी काम गरेर खाने परिवारकाे तथ्याक्क संकलन गरिने भएकाे छ । दैनिक ज्यालदारी गरेर खानहरूले लकडाउनकाे समयमा के कसरी जिबिका चलाइ रहेका छन र अबस्था कस्ताे रहेकाे छ भन्नका लागि तथ्यांक संकलन गरिने भएकाे बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । लगडाउन लम्मिदा दैनिक मजदुरि गरेर खाने कामदारलाई हुनसक्ने खाद्यान्न अभावलाई मध्यनजर गरि हाललाई यहि २५ गते भित्र वडाका सबै टाेलबाट बढिमा ८ / ८ जना ज्यालादारि पिपन्न परिवारकाे तथ्यांक सकलन गर्ने निर्णय गरिएको छ । साेकाे जिम्मेवारी टाेल विकास समितिका संयाेजक सगकाे समन्वयमा वडा सदस्यलाई जिम्मेवारी समेत दिएकाे वडाअध्यक्ष पाध्यायले बताए ।

बडिमालिका वडा नम्बर ७ काे काराेना राेगथाम समन्वय समितिकाे बैठकले काराेना राेकथाम पुर्व तयारिका लागि वडामा रहकाे कालिका अधारभुत विद्यालय चुथिमा क्वारेन्टाइन व्यवस्थापन  गरि धनगढीबाट अायका तीन जनालाई क्वारेन्टाइनमा राख्ने र खान बस्नकाे व्यवस्थापन समते गरेकाे वडा समितिले जानकारी दिएकाे छ ।


गाउघर तथा व्यक्तिगत सरसफाइमा ध्यानदिन तथा अनावशयक घरबाहिर एवं एक गाउँ बाट अर्को गाउँमा जान बन्देज गर्ने पाहुनालाइ घरमा बस्न तथा  नजान वडाबासिलाई अनुराेध गर्ने निर्णय भएको वडा अध्यक्ष पाध्यायले बताए
यस्तै क्वारेन्टाइन व्यवस्थापनका लागि वडा सदस्य प्रर्यागराज जैशि मार्तडी स्वास्थ्य चाैकि ईनचार्ज काँसिचन्द पाध्या र कालिका अधारभुत विद्यालय प्र. अ. सहदेव पाध्याकाे तीन सदस्यीय समिति गठन गरिएको  बडिमालिका नगरपालिका वडा न ७ ले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार