शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कोरोनाको आशंका ब्यक्तिको स्वाप परिक्षणको लागि धनगढी पठाईयो ।

कोरोनाको आशंका ब्यक्तिको स्वाप परिक्षणको लागि धनगढी पठाईयो ।

  • बुधबार, चैत्र १९, २०७६
कोरोनाको आशंका  ब्यक्तिको स्वाप परिक्षणको लागि धनगढी पठाईयो ।

पदमबहादुर सिंह / बाजुरा १९ चैत्र- कोरोनाको आशंकामा जिल्ला अस्पताल बाजुराले मंगलवार देखि एक जनालाई आईसोलेसन कक्षमा भर्ना गरेको छ । कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिएपछि १६ वर्षे एक जना किशोरलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । ज्वरो १ सय डिग्री भन्दा माथि तापक्रम र सुख्खा खोकी पनि देखिएकोले आइसोलेसनमा भर्ना गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले जानकारी दिए । कोरोनाको शंकास्पद भनिएका किशोरको अबस्था सामान्य रहेको बिश्वकर्माले बताए ।
उनको स्वाप नमुना परिक्षणका लागि आजै प्रादेशिक प्रयोगशाला धनगढी पठाएको बिश्वकर्माले जानकारी दिएका छन् । अन्य संक्रमण पनि हुनसक्छ त्यसैले यो नै हो भन्ने अवस्था छैन । परिक्षणपछि मात्र जानकारी हुने उनले बताए ।
उनको नियमित चेक जाच देखी उपचारमा स्जास्थ्यकर्मीहरु लागिरहेको उनेले बताए ।
आइसोलेशनमा रहेका किशोर एक हप्ता अघि भारतवाट आएर गौमुल गाउँपालिकाले स्थापना गरेको कृर्तिचौर माबि स्थित क्वारेनटाइममा राखिएका थिए । अत्यधिक ज्वरो आएपछि क्वारेन्टाइमबाट हिजो साझ जिल्ला अस्पताल बाजुरामा पठाएको गौमुल गाउँपालिकाका अध्यक्ष हरीवहादुर रोकायाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार