बाजुरा १८ चैत्र– बाजुरा सदरमुकाम मार्तडीमा रहेका एक जना कलाकार राजेश पायलले एक महिनाको घरभाडा छुट गर्ने निर्णय गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने त्रास बढिरहेका बेला बाजुरा जिल्ला सदरमुकाममा मार्तडीमा पुर्खौली थलो भएका पायलले चैत महिनाको घर भाडा छुट गर्ने घोषणा गरेका हुन्। नेपाल सरकार मन्त्रीपरिषदकाे निर्णयलाइ मान्दै साे घरमा बस्दै अाएका सबैकाे एक महिनाकाे भाडा मिनाहा गरेकाे पायलले बताएका छन् ।
कोरोनाको सन्त्रासले विश्व नै आतंकित भइरहेको बेला ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएको भन्दै पायलले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई एक महिनाको भाडा मिनाहा गरिदिएको बताएका छन् । कलाकारीता क्षेत्रमा क्रियासिल पायलले घरमा बुवा आमासमेतको सल्लाहमा घर बाडा छुट गरेको घोषण गरेका छन् । नेपाल पत्रकार महासघं बाजुरा शाखाको कार्यालय समेत रहेको सो घरमा सबै गरी महिनामा २० हजार भाडा हुन्थ्यो त्यो सबै छुट गरेको पायलका बुवा गोरख बहादुर बिश्कर्माले बताए ।
सो घरमा नेपाल पत्रकार महासघं बाहेक सबै बिद्यार्थीहरु र अन्य केही मान्छे बस्तै आएकाले सबैले चैत्र महिनाको भाडा नदिन पायलले आग्रह गरेका छन् ।