आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • करिस्मा रोकायाको औषधि न रोकथाम आएको छ गजल

करिस्मा रोकायाको औषधि न रोकथाम आएको छ गजल

  • मङ्लबार, चैत्र १८, २०७६
करिस्मा रोकायाको औषधि न रोकथाम आएको छ गजल

न उपचार न औषधि न रोकथाम आएको छ ।
प्रेमलाई टक्कर दिने रोगको नाम आएको छ ।।
आउ छ उ चुपचाप आउ छ टप्प टिपेर लान्छ ।
काल अचेल घर घरमा खुलेआम आएको छ ।।
भाग दौड जीवनको केवल पैसाको पछी थियो ।
दुष्ट मान्छेहरु लाई घरमा विश्राम आएको छ ।।
मान्छेहरु नै पापी भएपछी अधर्मी भए पछी ।
ईश्वरलाई जगतमा अनौठो काम आएको छ ।।

करिस्मा रोकाया बाजुरा
हाल काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार