शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • सरसफाइकाे पुर्ण पालना गर्याै भने पनी काेबिट १९ बाट बच्न सकिन्छ: डा. बिश्वकर्मा(भिडीयाे सहित)

सरसफाइकाे पुर्ण पालना गर्याै भने पनी काेबिट १९ बाट बच्न सकिन्छ: डा. बिश्वकर्मा(भिडीयाे सहित)

लकडाउनको पुर्ण पालना गरौँ

  • मङ्लबार, चैत्र १८, २०७६
सरसफाइकाे पुर्ण पालना गर्याै भने पनी काेबिट १९ बाट बच्न सकिन्छ: डा. बिश्वकर्मा(भिडीयाे सहित)

लक्ष्मीराज पाध्याय/ बाजुरा १८ चैत्र —  बाजुरामा संक्रमणं हुन नदिन सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्न सक्यो भने कोरोना संक्रमणबाट बच्न सकिने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर बिश्वकर्माले बताएका छन् । जिल्लाको आवत जावतमा मात्रै कम गर्ने हो भने पनी कोरोना जस्तो बिनासकारी भाइरसबाट बच्न सकिने बिश्वकर्माको भनाई रहेको छ ।
बाजुरा जिल्लामा कोरोनाको संक्रमण अहिले सम्म नदेखीएको र हाल क्वारेन्टाइनमा बसेका मध्य कसैलाइ भइहाले पनी आफु लगायत जिल्ला अस्पतालको टिम तैनाथ गरिएको डा. बिश्कर्माको भनाई रहेको छ । सकभर यो रोग कसैलाई नलागोस त्यै पनी कसैलाई लागीहाले पनी उपचारमा कुनै कन्जुस्याई नहुने र अरु ठाउँको जस्तो आफुहरु पनी बिरामीहरुको उचारमा तैनाथ हुने बताए ।
गाउँमा प्रचार प्रशार गरिएकै छ अझै स्थानीय तहरुले पनी निकै सक्रियता देखाएकोले कोराना संक्रमणबाट क्षेती हुन नदिन सरकारले घोषणा गरेका सबै नियमहरुको पालना गर्न बाजुराबासीलाई अनुरोध समेत गरेका छन् ।
बाजुरा जिल्ला लगायत सुदुर पहाडका सबै जिल्ला कोरोनाको उच्च जोखीमा रहेका छन् । बाजुरा जिल्ला लगायत सुदर पहाड तथा तराइका जिल्ला समेत कोरोनाको उच्च जोखीममा रहेको डाक्टर बिश्वर्माले बताएका छन् । छिमेकी देशबाट आउने क्रम नरोकीएकोले उच्च जोखीम हुन सक्ने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताएका छन् । बडिमालिका खवरले बाजुरा जिल्लाको पछिल्लो कोरोना भाइरस सम्बन्धी अपडेटका बिषयको कुराकानीमा यस्तो बताएका हुन् । बाजुरा जिल्लामा अस्पतालले हुने सबैखालको ब्यबस्थापन सहित कोरोना संक्रमणबाट बच्न र बचाउन पुर्ब तयारी गरिसकेको बताएका छन् । सामान्य बिरामी भए अस्पतालमा नआउन समेत बडिमालिका खवर युटुव च्यानलमार्फत डाक्टर बिश्वकर्माले आग्रह समेत गरेका छन् ।

                                             भिडियाे हेर्न यहा किलिक गर्नुहाेला

https://www.youtube.com/watch?v=XqODqXwYfOM&t=48s

चर्चामा

सम्बन्धित समाचार