शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा ९ मा जनप्रतिनिधि घरमै पुगेर साबुन र माक्स बितरण

बुढिगंगा ९ मा जनप्रतिनिधि घरमै पुगेर साबुन र माक्स बितरण

  • शनिबार, चैत्र १५, २०७६
बुढिगंगा ९ मा जनप्रतिनिधि घरमै पुगेर साबुन र माक्स बितरण

बुढिगंगा नगरपालिका ९ मा प्रत्येक घर घरमा पुगेर साबुन र माक्स बितरण गरेको छ । वडामा रहेका ४ सय ५० परिवारलाइ माक्स र साबुन बितरण गरेको वडा अध्यक्ष भरत थापाले वताएका छन् । टोल टोलमा पुगेर माक्स साबुन बितरण सँगै कोरोना भाईरस (कोभिड १९) बच्न घर घरमा पुगेर सचेतना फैलाउने काम भएको वताए ।
वडा अध्यक्ष भरत थापाको नेतृत्वमा वडा सदस्य माया शाह, प्रकाश बहादुर सिंह लगायत घर घरमा पुगेर बितरण सँगै चेतना फैलाउने काम भइरहेको वडाले जनाएको छ । बुढिगंगा नरपालिकाले टोल टोलमा पुगेर कोरोना भाईरस बारे जानकारी दिने पोष्टर बितरण गर्ने गरेको बुढिगंगा नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् । नगरपालिकाका टोलटोलमा जनप्रतिनिधि कर्मचारी र स्वास्थ्यकर्मी परिचालन भएका छन् । गाँउघरमा पुगेर कोरोना भाईरस बाट सरसफाइमा ध्यान दिने साबुन पानिले हात धुने धेरै भिडभाड नगर्ने जस्ता चेतना मुलक जानकारी गरिरहेको शाहले वताएका छन् । बुढिगंगा नरपालिकाले बाजुरा र अछामको सिमाना डाब बजारको इकडी गाड पुल नजिकै हेल्थ डेक्स स्थापना गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार