• होमपेज
  • बडिमालिका
  • वडा अध्यक्षको माईकिङ : कोही पनि घर बाहिर ननिस्कनस् भिडियाे सहित

वडा अध्यक्षको माईकिङ : कोही पनि घर बाहिर ननिस्कनस् भिडियाे सहित

  • बिहिबार, चैत्र १३, २०७६
वडा अध्यक्षको माईकिङ : कोही पनि घर बाहिर ननिस्कनस् भिडियाे सहित

बाजुरा १३ चैत – बडिमालिका नगरपालिका वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्याय र प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराई सहितकाे टाेली बिहिबार बिहान देखि वडाका टोल बस्ति   गए । हामी गाउँका नागरिकलाई कोरोना भाइरस (कोभिट–१९) को संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गर्नमा बस्ति बस्ति पुगेकाे बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन्। माईकद्धारा काेरोनाकाे बिरुद्धकाे सन्देश डाडा तथा अग्लो ठाउँबाट स्गािनयलाई सुझाउने काम गरेकाे पाध्यायले बताए ।

भन्छन्, ‘तपाईहरु घरबाट बाहिर कोही पनि नआईदिनु। कोरोना भाइरसबाट आफु जोगिनुहोस,अरुलाई पनि जोगाउनुहोस।’ बिहिबार वडाका ढम्कने रजाताेली जिल्ली क्षेत्र लगायतका बस्तिहरुमा घरबाहिर नआउन आग्रह गरेको बताए। ‘विश्वभरी नोभेल कोरोना  प्रवेश गर्न नदिन उनले नागरिकहरुलाई आग्रह गरिरहेका छन्। भारतबाट आएकाहरुलाई पनि १४ दिनसम्म परिवारका अन्य सदस्यको सम्पर्कमा नआउन र छुट्टै कोठामा क्वारेन्टाइनमा रहन आग्रह गरेकाछन्।

उनले टाेल टाेल सरसफाइका सन्देश फैलाउन स्वास्थ्य संस्था र महिला स्वयंसेविका मार्फत गाउँहरुमा सावुन बाल्टिन र सन्देश दिने पाेस्टर व्यवस्थापन गरेका छन । गाउँमा सर सरसफाइ र कहि कतै भेला जम्मा नहुन बेकाममा घर बाहिर ननिक्सन र जाँड रक्सि नखान प्रहरी नायव उपरीक्षक टंक प्रशाद भट्टराई समेत प्रहरीको टाेली समेत वडाकाे साथमा सहयाेग गरि रहेकाे थियाे । काेराेनाकाे सन्देश सगै आज २० लिटर लाेकल मदिरा र २ सय लिटर रक्सि बनाउने कच्चा पदार्थ बरामत गरि वडा अध्यक्ष स्थानियका राेहाेबरमा सम्बन्धित स्थानमा नष्ट पारिएकाे प्रहरी नायब उपरिक्षक ट‌कप्रशाद भट्टराईले जानकारी दिएकाे छ ।
यसरी गरिएकाे थियाे काेरोना बिरुद्धकाे सन्देश प्रभा गाउमा भिडियाे हेर्नुहोस

चर्चामा

सम्बन्धित समाचार