मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कोरोना बिरुद्धको अभियान तीब्र, कुन स्थानिय तहको तयारी के छ । जिल्लाकाे अबस्था भिडियाे सहित

कोरोना बिरुद्धको अभियान तीब्र, कुन स्थानिय तहको तयारी के छ । जिल्लाकाे अबस्था भिडियाे सहित

  • बिहिबार, चैत्र १३, २०७६
कोरोना बिरुद्धको अभियान तीब्र, कुन स्थानिय तहको तयारी के छ । जिल्लाकाे अबस्था भिडियाे सहित

पदमबहादुर सिंह / बाजुरा १३ चैत्र- बिश्ब ब्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) फैलन नदिन बाजुरा जिल्लाका नौ ओटै स्थानिय तह तीब्रताका साथ लागेका छन् । भाईरल नियन्त्रणको लागि जिल्ला अस्पतालमा दुई बेडको कोल्टि प्राथामिक स्वास्थय केन्द्रमा दुई बेडको आईसोलेसन कक्ष स्थापना गरिएको सकेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसान न्यौपानेले जानकारी दिए ।
थप आवश्यकताको लागी जिल्ला समन्वय समितिको सभाहलमा २० बेडको आईसोलेसन कक्ष निर्माण गर्न लागिएको न्यौपानेले बताए भवनलाई रङ रोगन गरिसकेको बेड आउन मात्र बाँकी भोलीसम्म बेड आईपुग्ने उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकष्ण पन्तका अनुसार नौ ओटै स्थानिय तहका स्वास्थ्यकर्मीहरुलाई पूर्ण उपचारमा खटनपटनको तयारी अबस्थामा रहेको बताए । हालसम्म बिभन्न देशबाट बाएका ४६ जनालाई क्वारेन्टाइनमा राखिएको उनले पन्तले जानकारी दिए । क्यारेन्टाईनमा बिभिन्न स्थानिय तहका रहेका छन् । सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माबिमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका हरुको खर्च सम्बन्धित स्थानिय तहले गर्ने निर्णय गरिएको छ । हालसम्म त्यस्तो कुनै बिरामी देखा परेको छैन तर देखा परिहाले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको लागी चाहीने पिपिई सेट उपलब्ध हुन सकेको छैन् । बिभिन्न ठाउमा खबर गरीहरका उनले बताए । प्रदेश केन्द्र सरकारसंग माग गरेको बताएको छ । बाजुरामा मात्र अभाव नभएर देशका धेरै ठाउमा पिपिई सेट छैन ।
नौ ओटा स्थानिय तहको १२ स्थानमा क्वारेन्टाईनको स्थापना गरेको बताईएको छ । सम्बन्धित स्थानिय तहले आ आफ्नो पाईक पर्ने बिद्यालयहरुमा क्वारेन्टाईन स्थापना गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका सबै वडाहरुमा प्रचार प्रचारको लागि प्रचार पम्पलेट लगाएत माईकी गरि रहको र केही स्थानिय तहले सरसफाईको लागी साबुनको ब्यवस्था गरिएको बताएका छन् हिमाली गाउपालिकाले गाउपालिकाका सबै घरधुरीलाई दुई ओटा समाबुन बितारण गरेको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले जानकारी दिए ।
बडिमालिका नगरपालिका
जिल्ला अस्पतालमा दुई बेडको आईसोलेसन कक्ष स्थापना बसर्पाक र अस्पतालको गेटमै हेल्थ डेक्सबाट चेकजाचको ब्यबस्था गरिएको छ । मालिका नमूना माबिमा क्वारेन्टाईनको ब्यबस्था गरिएको साथै बिभिन्न देशबाट आएका ३४ जना क्वारेन्टाईनमा राखिएका छन् ।
जिल्ला समन्वय समितिको सभाहललाई आईसोलेसन अस्पतालको रुपमा निर्माण गरिरहेको बडिमालिकाका नगरप्रमुख पदम बडुवाले जानकारी दिए । नगरपालिकाको नौ ओटै वडाहरुमा स्वास्थकर्मीद्धरा सरसफई सम्बन्धि जनचेतनामूलक प्रचार गरिदै वडा अध्यक्षको पहलमा माक्स साबुन बितरण गरिरहेको बाईक मार्फ सचेतना जगाई राखेका मेयर बडुवाले जानकारी दिएको छ ।
त्रिबेणी नगरपालिका
नगरपाकिलाको केन्द्रमा एक हेल्थ डेक्स स्थापना गरि चेकजाच गरिदै । एक क्वारेन्टईन स्थापना गरि १० जना भारतबाट आएकाहरुलाई क्वारेनटाईनमा राखिएईका, वडा वडामा प्रचार बडाएको साबुन, माक्स बितरण गरिरहेको नगरपालिकाका आईटी नरेशराज पन्तले जानकारी दिएका छन् ।
बुढीगंगा नगरपालिका
एक ठाउमा हेल्थ डेक्स स्थापना गरिएको, दुई जना भारतबाट आएकालाई बाजुरा स्वास्थ्य चौकीकोमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका वडाहरुमा प्रचार बितरण गरिएको आबश्यकताको आधारमा क्वारेन्टाईनको ब्यबस्थामा लागेका सूचना अधिकारी खडक बमले जानकारी दिए ।
बजार तथा सडक क्षेत्र नगरपालिकाको अनुगमन समितिले अनुगमान गरेको र अनुगमनको क्रममा देखीएका सडक नजिक निर्माण गरिकएका बङगुर खोर कुखुराका खोरहरु सफा र सुरक्षित स्थानमा सार्न निर्देशन दिएको ।
बुढीगंगा नगरपालिका वडा नम्बर ६ माल्ता गाउका स्थानियले आपत्कालीन कोष स्थापना गरेका छन् । गाउबासीले सक्दो सहयोग गरेर पहिलो चरणमा १ लाख २१ हजार कोषमा जम्मा गरेको माल्ताका स्थानीय धर्मराज जैशीले जानकारी दिएका छन् । यो पहिलो दिन हो , यो कोष ५ लाख भन्दा बढीको बनाउने उनले बताए ।
बुढीनन्दा नगरपालिका
कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टिमा दुई बेडको आईसोलेसन कक्ष स्थपना गरिएको छ । तर आईसोलेसनमा राखिने सम्भाबित संक्रमित ब्यक्तिलाई चेकजाच गर्ने स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट छैन । आईसोलेसना कक्ष भनेको सम्भाबित संक्रमितलाई राख्नु छुट्टै कोठा हो । छुटै कोठा त छुट्याएका छौ । तर उपचारमा संलगन स्वास्थयकर्मीका लागी प्रयोग गरिने उपकरण कनै पनि नभएको बुढीनन्दा नगरपालिका सहायक निमित्त स्स्वास्थ्य संयोजक ओमजंग शाहीले जनकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयसंग माग गरेको तर स्वास्थ्य कार्यालयले प्रदेश र सघमा माग गरेको भनिराखेको खबर छ । पूर्ब तयारीको सामग्रीनै नभएपछि उपचारको लागी स्वास्थ्यकर्मी पनि जोखिममा हुने शाहीले बताए । प्रदेश कार्यालयले आज भर्खर उपकरण खरिदको लागी सूचना निकालेको छ । कहिले खरिद भएर आउने हो अत्तोपत्तो नै छैन उनले भने ।
नगरपालिकाको जनप्रकाश उच्च माबिमा क्वारेन्टाईनको ब्यबस्था मिलाएको नगरापालिकाका निमित्त कार्यकारी रामदत्त न्यौपानेले जानकारी दिएको छ । वडाहरुमा कोरोना रोकथाम सम्बन्धि जनचेतना माईकीङ भईरहेको न्यौपानेले जानकारी दिए । बिदेशबाट फकेकाहरुको खोजी गरि क्वारेन्टाईनमा राख्ने पलान भईरहको उनले बताए ।
गौमुल गाउपालिका
गौमुल गाउपालिकाको केन्द्रमा हेल्थ डेक्स स्थापना गरिएको को उपचारमा चेकजाचको लागी चाहिने उपकरण नभएर सोधपुछ कक्ष जस्तै भएको गाउपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । धेरै ठाउ खोजीयो कते नभेटिएको उनले बताए । गाउपालिकामा बाहिरा कुनै मान्छेलाई जान दिएको छैन र गाउपालिकाको मान्छेलाई पनि अन्य ठाउ जान रोक लगाएको छ । गाउपालिका भित्र पनि एक गाउबाट अर्को गाउ नजान भनिएको छ । सबैले पालना गरिरहेको रोकायाले बताए ।
कृर्तिचौर माबिमा क्वारेन्टाईनको ब्यबस्था मिलाएको छ । कोही क्वारेन्टाईनमा बिरामी आईहाल्यो भने उपचार र खानपानमा खटिनेहरुको लागी उपकरण छैन समस्या हुने उनले बताए ।
हिमाली गाउपालिका
हिमाली गाउपालिकाले दुई ओटा हेल्थ डेक्स छिमेकी प्रदेश कर्णाली सिमाना जोडीएको बिच्छाय र कवाडी एक गाउपालिकाको केन्द्र धुलाचौर र एक बुढीनन्दा नगरपालिका र गजन्नाथ गाउपालिकाकासंग सिमाना जोडीएको बाधुमा स्थापना गरिएको गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले जानकारी दिए ।
गाउपालिकाका झण्डै ३ हजार जनसंख्या छ सबैलाई साबुन बितरण गर्ने अभियान संचालन गरेको र बितरण कार्यक्रममा स्वाथ्यकर्मीहरु खटाईएको मल्ले बताए । साबुन बितरण संगै हात धुने तरिका कोरोना के हो कसरी सर्दछ भाईरसबाट संक्रमण हुनबाट बच्ने उपाए सिकाई रहेका उनले बताए ।
स्वामीकार्तिक खापर गाउपालिका
स्वामीकार्तिक गाउपालिकामाको केन्द्रमा एक हेल्थ डेक्सको स्थापना गरिएको छ भने गाउमालिकाको साबिकको साप्पाटा क्षेत्रको बर्खु र मुक्तिकोटमा र गाउपालिकाकाको केन्द्र सुईजीउलामा क्वारेन्टाईनको ब्यवस्था मिलाई रहेको गाउपालिककाका अध्यक्ष चिरन्जीवी शाहीले जानकारी दिए । त्यस्तै बजारमा माक्सको अभाव रहेकोले गाउपालिकाले नै ५ जनालाई माक्स बनाउने जिम्मा दिएर बनाई रहेको शाहीले बताए । प्रत्येक वडाहरुमा प्रचार प्रचारमा स्वस्थ्यकर्मी जनप्रतिनिधि खटिएको उनले बताए ।
जगन्नाथ गाउपालिका
जगन्नाग गाउपालिकाको केन्द्र जुड्डीमा उपकरण सहितको हेल्थ डेक्स स्थापना रहेको र सबै वडाहरुको स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य ईकाईमा सोध पुछ कक्ष रहेका गाउपालिकाका रोजगार संयोजक लक्षमण जोशीले जानकारी दिए । गाउपालिकाका ६ वडाहरुमा दुई दुई वडाको पायक पर्ने गरि काप्री, कैलाश माबि र पिलुचौरमा बिच केन्द्र बनाएर क्वारेन्टाईनको ब्यबस्थापन भईरहेको जोशीले बताए ।
थपा बडाहरुमा प्रचार भईरहेको छ । माक्सको लागी नेपालगन्ज खबर भएर एक दुई दिनमै पुग्ने र सबै वडा वडामा बितरण गरिने उनले बताए ।
खप्तड छेडेदह गाउपालिका
खप्तड छेडेदह गाउपालिका सिमाना जाडीएका चार ओटा सिमानाका बुढीगंगा नगरपालिकासंग जोडीएको पीपलगाउ,बझागंसंग जोडीएको ठाउ चौखुटे,यता सुर्का बजार र नाईना सुदाडामा हेल्थ डेक्स स्थापना गरिएका छन् । भने वडा नम्बर सातमा रहेको दशरत चन्द माविमा क्वारेन्टाईनको ब्यवस्था गरिएको गाउपालिकाका अध्यक्ष नरबहादुर रावलले जानकारी दिए ।
बडाहरुमा वडा अध्यक्षको संयोजतत्वमा प्रचार प्रचार कमिटी गठन गरिएको र प्रचार प्रचारको काम तीब्र बनाईएको छ । गाउपालिकामा १९ लाख बराबरको अपालकालिन कोष निर्मागरिएको रावलले बताए ।
जिल्ला भरी १६ स्थानमा हेल्थ डेक्स
बाजुरा जिल्लासंग अन्य प्रदेख तथा जिल्ला जोडीएका, नौ ओटा स्थानिय तहका सिमाना जोडीएका र स्थानीय तहर र बसपार्कहरु गरी १६ ठाउमा हेल्थ डेक्स स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रमीर भण्डारीले जानकारी दिए । हेल्थ डेक्स स्थापना गरिएको छ तर डेक्समा चेकजाचको लागि चाहिने उपकरण नभएको स्वास्थ्यकर्मीहले बताएका छन् ।
बाजुराको आधा जनसंख्या कामको शिलशिलामा भारत जने गर्दछन् भारतमा कोरोनाको सनत्रास बढेपछि जिल्ला भित्रीएका छन् । सामान्य चेक जाच गरेर पठाउनु परेको छ । सोधपुछले मानसिक रुपमा त सकरात्मक प्रभाव पर्छ तर पछि सक्रमण देखी महारीले ठुलै रुप लिन सक्ने स्वास्थ्यकर्मी बताउछन् ।
जिल्ला पूरै लकडाउन
नेपाल सरकारले देश नै एक हप्ताको लागी लकडाउन गर्ने निर्णय अनुरुप बाजुरा जिल्ला पनि पुरै लकडाउन गरिएको छ । लकडाउनको पहिला दिन फट्टफुट् स्थानियहरु बजारमा निस्कीय पनि दोस्रो र तेस्रो दिन पूर्णरुपमा लकडाउन भएको छ । अत्तिआबश्यक बाहेक सकैलाई निस्कन नदिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताए ।
प्रहरी ले बजारमा माईक मार्फत कोरोना सम्बन्धि सन्देशहरु गीतहरु बजाएर प्रचार गरीरहको रोकायाले बताए ।

सम्पूर्ण जिल्लाकाे अबस्था बुझ्न भिडियाे किलिक गर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार