शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • माल्ता गाउबासीले गरे आपतकालीन कोष स्थापना

माल्ता गाउबासीले गरे आपतकालीन कोष स्थापना

  • बिहिबार, चैत्र १३, २०७६
माल्ता गाउबासीले गरे आपतकालीन कोष स्थापना

पदमबहादुर सिंह/ बाजुरा १३ चैत्र — बुढीगंगा नगरपालिका वडा नम्बर ६ माल्ता गाउका स्थानियले आपत्कालीन कोष स्थापना गरेका छन् । गाउबासीले सक्दो सहयोग गरेर पहिलो चरणमा १ लाख २१ हजार कोषमा जम्मा गरेको माल्ताका स्थानीय धर्मराज जैशीले जानकारी दिएका छन् ।
बिश्व ब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) रोकथाम र उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले गाउबासीको सहल्लाह र सुझाबको आधारमा कोष स्थापना गरेको जैशीले बताए । यो पहिलो दिन हो , यो कोष ५ लाख भन्दा बढीको बनाउने उनले बताए ।
पहिलो चरणमा त माल्ता गाउलाई लकडाउन गरेर गाउमा बाहीरको कसैलाई प्रबेश निशेध गरेका छौ । गाउबाट पनि बाहीर जान निशेध गरेका गरिएको छ । अत्याआबश्यक बस्तु चाहिएमा गाउमै समिति बनाएको र समितिले घर मै ढुवानीको ब्यबस्था मिलाउने बताएको छ ।
पहिलो उद्देश्य त महामारी नै भित्रिन नदिने हो । गाउमा कोही बिरामी भैहाले पहिले परिवारले नै उपचार गर्ने र आर्थिक अबस्था कमजोर छ उपचार गर्ने नसक्ने परिवारलाई आपत्कालीन कोषबाट खर्च गर्ने जैशीले बताए । गाउका कुनै मिरामी नभए उक्त कोष राज्य कोषमा जम्मा गर्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार