शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • गौरीफन्टा नाकामा चार सय नेपाली अलपत्र

गौरीफन्टा नाकामा चार सय नेपाली अलपत्र

  • मङ्लबार, चैत्र ११, २०७६
गौरीफन्टा नाकामा चार सय नेपाली अलपत्र

धनगढी : गौरीफन्टा नाकामा चार सय नेपाली अलपत्र परेका छन्। संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिएपनि गयरातीदेखि नै झण्डै चार सय नेपाली सीमा नाकामा अलपत्र परेका हुन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती समेत आउने क्रम जारी भएकाले उनीहरु सीमा क्षेत्रमै बसेको बताए। उनीहरुलाई प्रवेश अनुमती दिने वा नदिने विषयमा कुनै निर्णय हुन नसकेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

मध्यराती धनगढी उप–महानगरपालिका वडा नम्वर १ का अध्यक्ष सन्तोष मुडभरी र वडा नम्वर ३ का अध्यक्ष बलवहादुर ऐर सीमा नाकामा पुगेका थिए। उनीहरुले अलपत्र नेपालीलाई नास्ताको व्यवस्था गरेका थिए। आज विहान ६ बजेदेखि नै सिङगो नेपाल लकडाउन भईसकेको छ। सरकारले घर बाहिर समेत निस्किन नपाईने बताएको छ भने अनुमती प्राप्त सवारी मात्रै सञ्चालन गर्न दिएको छ। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार