शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • मन्त्रपरिषद बैठकको निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रपरिषद बैठकको निर्णय सार्वजनिक (सूचीसहित)

  • सोमवार, चैत्र १०, २०७६
मन्त्रपरिषद बैठकको निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, १० चैत — प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत ७ गते राष्ट्रको नाममा संबोधन गरेपछि चैत ९ गते उनको अध्यक्षतामा बसेको नेपाल सरकार मन्त्रपरिषदको बैठकले गरेका निर्णयहरू सार्वजनिक भएको छ ।

निर्णयहरू

१.  एक हप्तासम्म उत्तर र दक्षिणका नाकाहरूमा आवागमन बन्द । मालसामान (कार्गो) ढुवानी सुचारू ।
२.  नेपाल आउने हवाई उडानहरू स्थगित ।
३.  लामो दूरीका सवारी साधनको संचालनमा रोक ।
४.  अत्यावश्यक सेवाबाहेक अन्य सरकारी र सार्वजनिक काम बन्द ।
५.  नागरिकहरू सकेसम्म घर बाहिर निस्कन र भिंडमा जान सावधान ।
६. ५० करोडको कोष स्थापना, सबैलाई सक्दो सहयोग गर्न अपिल सबैको साझा अभियान ।
७.  सशस्त्र प्रहरी अस्पताल बलम्बु कोरना आशंकितहरूको उपचार गर्ने छुट्टै अस्पताल ।
८. खाद्यान्न, औषधि र अत्यावश्यक वस्तुको पर्याप्त भण्डारण र आपूर्तिको व्यवस्था गर्न जिम्मेवारी निर्धारण ।

चर्चामा

सम्बन्धित समाचार